सर्लाही, चैत ३१ गते । यस वर्ष चिनी उद्योगले उखु किसानलाई बेलैमा भुक्तानी दिए पनि सरकारले उपलब्ध गराउने गर्ने अनुदान रकम भने अनिश्चित बनेको छ । गत मङ्सिर १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले उखुको मूल्य प्रतिक्विन्टल ६५५ रुपियाँ निर्धारण गरेको थियो । उद्योगीले ५८५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने घोषणा गरेको थियो […]
काठमाडौँ, चैत ३१ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]
मुक्तिनाथ (मुस्ताङ), चैत २९ गते । उपल्लो मुस्ताङका व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकाबाट घरायसी प्रयोजनका लागि मात्र नभई व्यावसायिक रूपमा सहज हुने गरी सामान ढुवानीको वातावरण बनाउन आग्रह गरेका छन् । लत्ताकपडा, खाद्यवस्तु, घरायसी सामग्रीलगायतका वस्तुको आयात गरिए पनि व्यावसायिक रूपमा ल्याउन देखिएको समस्या समाधानका लागि स्थानीय तहलाई माग गरेपछि ल्होमन्थाङ गाउँपालिकाको आयोजनामा […]
काठमाडौँ, चैत २९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ […]
जाजरकोट, चैत्र २८ गते – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले जाजरकोटको पूर्वाधार तथा सेवासम्बन्धी आयोजनाहरूको अनुगमन गर्नुभएको छ। २०८१ साल चैत्र २५ गते आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ को दफा ६ अनुसार जिल्ला स्तरीय आयोजना प्रस्ताव छनौट सिफारिस समितिको बैठक सम्पन्न भएको छ। बैठकमा माननीय बेदराज […]
काठमाडौँ, चैत २८ गते । नेपालको समृद्धिका लागि नेपाली परम्परागत कला, हस्तकलाको महत्वलाई राज्यले चिनेर, बुझेर यस क्षेत्रमा लगानी र बजारीकरण गर्नुपर्नेमा जोड दिइएको छ । ऊर्जा तथा जलस्रोत सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले थाङ्का/पौभा विशेष प्रदर्शनीको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । ललितकला प्रज्ञा–प्रतिष्ठान, सुनापति गाउँपालिका–४, रामेछाप र ख्वप पौभा च्वमी पुचःको सहकार्यमा बुधबार राजधानीमा आयोजित […]
बागलुङ, चैत २५ गते । ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न वर्षको दुई पटक विदेशी सिकारी नेपाल आउने गर्छन् । यस वर्ष फागुन–चैतको दोस्रो सिकारयाम सुरु भएसँगै ढोरपाटनमा विदेशी सिकारी आउने क्रम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेलको सिकार हुने छ । यो यामका लागि छ कम्पनीबाट पाँच देशका १५ जना पेसेवर […]
तनहुँ, चैत २५ गते । यहाँका किसानले सुन्तला खेती गरे वापत करिब एक करोड अनुदान पाएका छन् । कृषि ज्ञानकेन्द्र तनहुँले सुन्तला खेती प्रवद्धन गर्न किसानलाई अनुदान दिएको हो । किसानलाई प्रोत्साहन गरी सुन्तला खेतीको विस्तार गर्ने उद्देश्यले अनुदानको व्यवस्था गरिएको केन्द्रले जनाएको छ । उत्पादन जति बढ्दा पनि बजारको अभाव नहुने र उचित मूल्य […]
काठमाडौँ, चैत १९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा, युके पाउन्ड […]
काठमाडौँ, चैत १९ गते । पछिल्लो चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपियाँसम्म बढेको छ । नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँ बढेको छ । गएको पुसमा प्रतिलिटर ३७० रुपियाँमा कारोबार भएको […]