भैरहवा, कात्तिक २२ गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९:३० बजे काठमाडौँबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने छ । भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससँगै […]
काठमाडौँ, कात्तिक १३ गते। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म छ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ। कात्तिक १२ गते सोमबारसम्म चार सय ३८ मागदावी कर्ताको आंशिक भुक्तानी भएको छ। शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी हालसम्म रु एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार आठ सय ९९ समस्याग्रस्त घोषणा भएका […]
पाटन (ललितपुर), कात्तिक९ गते । ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभिप्रायका साथ ललितपुर महानगरपालिकाको वडा नं १६ महिला समितिको आयोजनामा यही कात्तिक ११ र १२ गते […]
अर्घाखाँची, कात्तिक ९ गते । शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो । नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, […]
फूलबारी (कैलाली), कात्तिक ८ गते । नेपाल युथ फाउन्डेसन नेपाल र धनगढी उपमहानगरपालिकाको साझेदारीमा निर्माण भइरहेको ओल्गापुरी भोकेसनल स्कुलमा बेलायती नगरिकले श्रमदान गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ एफ गाउँमा निर्माण भइरहेको भोकेसनल स्कुलमा बेलायती नागरिक हेजल ग्रेसको नेतृत्वमा पाँच दिनका लागि १९ जना बेलायती नागरिक श्रमदानमा जुटेका हुन् । कात्तिक ४ गतेदेखि […]
काठमाडौँ, कात्तिक ५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयकोको जिम्मेवारी सम्हालेको सय दिनमा लक्ष्य अनुसार काम गर्न सकेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानहरूले पाउनुपर्ने रकमको उपलब्ध गराउने सहितका काम गरेको बताउनुभएको हो । नीतिगत सुधारका केही कामहरू पनि थालनी […]
काठमाडौँ, असोज २३ गते । सरकारले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहितको प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ । असोज २१ गतेको मन्त्रीपरिषद् बैठकको निर्णय मङ्गलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गर्दै पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । मन्त्री […]
धनगढी, असोज २० गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले उपभोक्ता समितिबाट कुनै पनि विकास निर्माणका काम गर्दै नगर्ने नीति लिएको र कसैले गरेको भेटिएमा कारबाहीको भागेदार हुने बताउनुभएको छ । शनिबार धनगढीमा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले बजेट भाषणअघि घोषणा गरेका चार बुँदा अनुसार नै बजेटका काम गर्ने बताउनुभएको […]
काठमाडौँ,असोज पीएसआई र एफइएसको संयुक्त आयोजनामा असोज ७ र ८ गते काठमाडौँमा सञ्चालन भएको (Natoinal Economic Justice Meeting – Nepal)नेशनल इकोनोमी जस्टिक मिटिङमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC )का अध्यक्ष योगेन्द्र कुमार कुँवरले समतामूलक समाज निर्माणका लागि सामाजिक सुरक्षा र प्रगतिशील कर प्रणाली आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले […]
काठमाडौँ, असोज १२ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएको छ । केही दिनदेखि देशभर भइरहेको अविरल रुपमा भएको वर्षा र सोका कारण सञ्चार पूर्वाधार क्षेत्रमा भएको क्षति विवरण र पूर्वाधारको पुनःसञ्चालन सम्बन्धमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा […]