भूमे रुकुमपूर्व, बैशाख ३० गते । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा रहेको एक सहकारी संस्थाले स्थानीय उत्पादनको बजारीकरणको जिम्मा लिएपछि किसानले उपयुक्त मुल्य पाउन थालेका छन् । गाउँमा पहिले पनि कृषि उत्पादन हुने गरेकोमा सहकारीले बजारीकरण गर्न थालेपछि किसानले बजारसँगै उचित मूल्य पाउन थालेका हुन् । यसले स्थानीय उत्पादनमा बृद्धि हुन थालेको छ । […]
लन्डन, वैशाख ३० गते । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ […]
कञ्चनपुर, वैशाख २९ गते । शुक्लाफाँटा नगरपालिका-१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ-रिक्सा चलाएर परिवारको खर्च धान्दै आउनुभएको छ । इ-रिक्सा चलाएर उहाँले मासिक ३५ हजार बढी आम्दानी गर्नुहुन्छ । घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट दुई लाख ऋण लिएर इ-रिक्सा खरिद गरी चलाउन थाल्नुभएको हो । समूहबाट लिएको ऋण महराले पाँच महिनामै […]
रेसुङ्गा, वैशाख २८ गते । स्वदेशमा केही नदेखेर काम खोज्न दैनिक सयौँ युवा विदेश पसिरहेका छन् । गाउँका उर्वर खेतबारी झाडी बनाउँदै युरोप र खाडीकाका सपना देख्ने प्रवृत्ति बढ्दै गएका बेला छत्रकोट गाउँपालिका–५ खज्र्याङ्गका ४० वर्षीय विष्णु भण्डारीलाई कहिल्यै परदेश मोह जागेन । बिहान सबेरै उठेदेखि रात नपरेसम्म कृषि कर्ममै दिन बित्छ । तरकारीको गोडमेल […]
काठमाडौँ, वैशाख २८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ […]
सुर्खेत, वैशाख २२ गते । कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसबाट किसान लाभान्वित भएका छन् । दुध उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न २०७८/७९ देखि किसानलाई दुध उत्पादनमा अनुदान दिएर प्रोत्साहन गर्दै आएको प्रदेश सरकारले सिधै किसानको खातामा रकम जम्मा गर्दै आएको छ । भूमि […]
काठमाडौँ, वैशाख २२ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रूपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ […]
दाङ, वैशाख २१ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेललगायत सञ्चार सम्बद्ध प्रतिनिधि मण्डलले आइतबार छलफल गरेको छ । प्रदेश सरकारले बनाउने आगामी आर्थिक वर्षको बजेटमा सञ्चार क्षेत्रबाट समेटिनुपर्ने विषय र प्राथमिकताको बारेमा छलफल गरिएको हो । पूर्व अध्यक्ष पोख्रेलले सञ्चार संस्थाको सवलीकरण र पत्रकारहरुको पेशागत हक […]
बबई (बर्दिया), वैशाख २१ गते । बर्दियामा केही वर्षअघि महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–८ स्थित कालिका महिला उद्यमी समूहले चार वर्षदेखि सञ्चालनमा ल्याएको ढाका उद्योग आर्थिक अभाव बढ्दै जाँदा बन्द हुने अवस्थामा पुगेको हो । सरुवाती समयमा ढाकाका कुर्ता सुरवाल, सर्ट, पछ्यौरा, चोलोलगायतका सामग्री उत्पादन हुने उद्योगमा आर्थिक […]
काठमाडौँ, वैशाख १९ गते । अबदेखि स्वास्थ्य बिमाबाट हुने उपचारको प्रस्थानविन्दु अस्थायी बसोबास गरिरहेको स्थानबाट समेत हुने भएको छ । यसअघि स्थायी बसोबास गरेको ठाउँबाट मात्र स्वास्थ्य बिमा गर्ने र उपचारको प्रस्थानविन्दु पनि स्थायी बसोबास हुने ठाउँमा मात्र हुने गर्दथ्यो । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघु काफ्लेले अबदेखि अस्थायी बसोबास रहेको ठाउँबाट पनि बिमा गर्न सकिने […]