बागलुङ, चैत ९ गते । काठेखोला गाउँपालिका वडा ८ स्थित नर्मदेश्वर शिवालय मन्दिरमा ९ दिनसम्म श्रीमद्देवीभागवत महापुराण नवाह, ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ । मन्दिर संरक्षण समिति र स्थानीयको अगुवाइमा चैत १७ देखि २५ गतेसम्म महायज्ञ गर्न लागिएको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । महायज्ञबाट सङ्कलन रकमले लेखानीलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने, त्यसका लागि […]
लहान, चैत ९ गते । सिराहाको औरही गाउँपालिका–५ का दीपक मरिक (डुम) परिवारलाई अन्यत्र सारेको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको टोलीले स्थलगत अनुगमन गरेको छ । औरही–५ मा आयोजना हुन लागेको विष्णु महायज्ञको तयारीको व्रmममा दलित भएकै कारण दीपकको घर अन्यत्र सारेको समाचार बाहिर आएपछि वास्तविकता बुझ्न घटना स्थलमा आइपुगेको आयोगका सहसचिव बुधनारायण सहनीले […]
खोटाङ, चैत ९ गते । घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुङ्गानाकी २१ महिनाकी छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर ज्यान गएको हो । जिल्ला सदरमुकाम दिक्तेल रत्नपार्क चिल्ड्रेनपार्कस्थित एक घरमा कोठा भाडामा बस्दै आउनुभएका पोखरेल दम्पतीकी छोरी शुक्रबार […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) स्वास्थ्यमा समस्या आउला । साथै उपचारका लागि खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले धनको पनि नाश होला । वृष ( […]
काठमाडौँ, चैत ८ गते। संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकुरबाबा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका घोषित भएर सम्मान पत्र प्राप्त गरेको छ। नेपाल नगरपालिका महासंघको ३२ औं स्थापना दिवसका अवसरमा संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा ठाकुरबाबा नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिका घोषित भएसँगै सम्मान पत्र प्राप्त गरेको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो। […]
राले, अमेरिका । अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन भएको छ । नर्थ क्यारोलिनाको डुराममा परिवारसँग बसोबास गर्र्दै आउनुभएका जर्ज वेलको ६७ वर्षको उमेरमा बिहीवार निधन भएको हो । परिवार र आफन्तहरुको साथमा नै उहाँको निधन भएको समाचारपत्रमा जनाइएको छ । वेल सात फिट आठ इन्च अग्लो हुनुहुन्थ्यो । के कारणले उहाँको निधन भएको हो, हालसम्म […]
काठमाडौँ, चैत ८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाको उपचारमा नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताउनुभएको छ। नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मिर्गौलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएकोमा सन्तोष व्यक्त गर्दै यस्तो बताउनुभएको हो। गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक […]
पाटन, चैत ८ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको पार्टी अपाङ्गता भएका व्यक्तिको मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। “नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने […]
काठमाडौँ, चैत ८ गते। जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ। सिङ्गापुर नेसनल स्टेडियममा आज सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरमाथी १–० को जित निकालेको हो। नेपालको जितमा जेलेस्पीले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्यो। उनले १२औँ मिनेटमा मनिष डाँगीको क्रसमा गोल गरेका हुन्। सिङ्गापुर विरूद्ध नेपालले गरेको […]
काठमाडौँ, चैत ८ गते । आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा धमाधम पारित भएका छन् । यसबाट लगानीको थप वातावरण सृजना हुने, लगानीकर्तामा थप विश्वास विस्तार भई मुलुकलाई समृद्ध बनाउन बल पुग्ने सरकारको बुझाइ छ । बिहीबार मात्र प्रतिनिधिसभाले ‘निजीकरण ९पहिलो संशोधन विधेयक०, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१’ […]