राजनीतिक दलको आय,चन्दा रकम अपारदर्शी

काठमाडौँ, चैत १ गते । राजनीतिक दलहरूको आयको महत्वपूर्ण हिस्सा चन्दा तथा सहयोग रकम अपारदर्शी बनेको छ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, दोस्रो ठुलो दल नेकपा (एमाले), चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले चन्दा तथा सहयोगबाट उल्लेख्य आम्दानी गरेका छन् तर लेखा परीक्षण प्रतिवेदन बुझाउँदा कुनै पनि दलले […]

२०८१ चैत ०१ गते – 14, March , 2025 , शुक्रवार , यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भएपनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ । पारिवारिक असमझदारी बढ्न सक्छ । वृष ( […]

बाँके खजुराको एउटै वडामा १४ जना क्यान्सरका बिरामी भेटिए

नेपालगन्ज, फागुन २९ गते। बाँकेको एउटा पालिकाको एउटा वडामा मात्रै १४ जना क्यान्सरका शङ्कास्पद बिरामी भेटिएका छन्। जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरमा नसर्ने रोग पहिचानका लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँचका क्रममा १४ जना पाठेघर सम्बन्धी क्यान्सरका शङ्कास्पद बिरामी महिला भेटिएको प्राथमिक स्वास्थ्य केन्द्र खजुराले जनाएको छ। सो शिविरमा उच्च रक्तचापका आठ […]

परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ, फागुन २९ गते।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ। भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उहाँ नयाँ दिल्ली पुग्नुभएको हो। मन्त्री डा. राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत […]

वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

काठमाडौं, फागुन २९ गते।  काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली) पर्व रङ्ग खेलेर मनाइएको छ। काठमाडौं उपत्यकाको वसन्तपुरमा फागु पूर्णिमाको ठुलो उत्सव छ। यहाँ स्वदेशी मात्र होइन विदेशी पनि उत्तिकै रमाइरहेका छन्। सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठुलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएको छ। वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु […]

समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने

काठमाडौँ, फागुन २९ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताउनुभएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले मुलुकमा जनताको सार्वभौम अधिकारको रक्षा गरी उनीहरूको आर्थिक तथा सामाजिक […]

तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारीको दर्ता खारेज हुने

हेटौँडा, फागुन २९ गते । बागमती प्रदेशभित्रका सहकारीका समस्या समाधानका लागि तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाहरूको दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने भएको छ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय र बागमती प्रदेश सहकारी विकास बोर्डद्वारा हेटौँडामा आयोजित गोष्ठीमा बागमती प्रदेशभित्रका सहकारीका समस्या समाधानका लागि साझाधारणा बनाउँदै यस्तो प्रतिबद्धता जनाइएको हो । सात […]

‘भिजिबिलिटी’ कम हुँदा एक सातादेखि उडान प्रभावित

काठमाडौँ, फागुन २९ गते। एयर अरेबियाको जहाजले बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो। काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्‍यो। हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताउनुभयो। “एयर अरेबियाको जहाजले […]

होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने

काठमाडौँ,  फागुन २९ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बताउनुभएको छ । आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले […]

विपिनको रिहाइका लागि आग्रह

काठमाडौँ, फागुन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग बुधबारसाँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल