डोजरले खसालेको ढुङ्गा लागेर बालकको मृत्यु, आमा घाइते

मुगु, फागुन १२ गते । सडक बनाइरहेको डोजरले खसालेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ भने आमा सक्त घाइते हुनुभएको छ । सोरु गाउँपालिका वडा नं. १० धैन गाउँ निवासी नौले नेपाली र कल्पना नेपालीका १० वर्षीय छोरा लोकजङ्ग नेपाली रहेको र लोकजङ्गको आमा कल्पना नेपाली सक्त घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी […]

वेस्ट बैङ्कमा भएको हिंसाप्रति राष्ट्रसङघका प्रमुखद्वारा ‘गम्भीर चिन्ता’ व्यक्त

जेनेभा, फागुन १२ गते ।  इजरायलले कब्जा गरेको प्यालेस्टाइनी भूभागमा विस्तारित सैन्य कारबाहीको घोषणासँगै संयुक्त राष्ट्रसङ्घका प्रमुखले पश्चिमी किनारा (वेस्ट बैँक) मा इजरायली बसोवास गर्नेहरूको बढ्दो हिंसाप्रति सोमबार चिन्ता व्यक्त गर्नुभएको छ । इजरायलले आफ्नो सेना केही महिनासम्म पश्चिम किनाराका शरणार्थी शिविरमा रहने बताएको छ । त्यहाँ बसोबास गर्ने दशौं हजार प्यालेस्टिनीहरू तीव्र सैन्य कारबाहीका […]

कालीगण्डकीमा करेन्ट लगाई माछा मार्ने चार जना पक्राउ

बागलुङ, फागुन १२ गते ।  कालीगण्डकी नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति साढे १० बजे बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीस्थित कालीगण्डकी नदी किनारमा माछा मारिरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिका वडा नं. ८ का ३४ वर्षीय गोकुल गौतम, सोही ठाउँका ३० वर्षीय किस्मत पुन, ३७ […]

सत्ताका लागि चकचक र उपद्रो गर्दैनौँ : कांग्रेस महामन्त्री थापा

बिजुवार, फागुन १२ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने दाबी गर्नुभएको छ । प्युठानमा सोमबार आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार सरकार २०८४ सालसम्म सञ्चालन हुने स्पष्ट पार्नुभयो । “अबको तीन वर्ष सरकार स्थिर रूपमा सञ्चालन गर्छौं । कुनै चकचक गर्दैनौं, उपद्रो गर्दैनौँ । […]

पुँजीगत खर्च बढाउन निर्देशन

काठमाडौँ, फागुन ९ गते । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले पुँजीगत खर्च बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिकोे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय र आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक) बारे छलफल गर्न आज बसेको बैठकले मन्त्रालयलको पूँजीगत खर्च कम भएको भन्दै खर्च बढाउन निर्देशन दिइएको […]

परराष्ट्रमन्त्री डा.राणा जेनेभा प्रस्थान गर्नुहुँदै

काठमाडौँ, फागुन ९ गते । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन भोलि (फागुन १० गते) स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै हुनुहुन्छ । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने कार्यक्रम रहेको छ । मन्त्री डा.राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको […]

उद्योगमा दक्ष कामदार अभाव

बुटवल, फागुन ९ गते  । आर्थिक मन्दीका कारण उत्पादन कटौती गर्नु परेको गुनासो गर्दै आएका रुपन्देहीका उद्योगीले नेपालमा दक्ष जनशक्ति (श्रमिक) को अभाव हुँदा उद्योग चलाउन भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यता रहेको बताएका छन् । नेपालमा दक्ष श्रमिक जनशक्ति नहुँदा अझै पनि भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यता रहेको उद्योगीको गुनासो छ । रुपन्देहीमा रहेका ठुला उद्योगमा अहिले […]

क्यान्सर परीक्षण गर्ने सम्झौता

काठमाडौँ, फागुन ९ गते ।  टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबिच क्यान्सर रोगको परीक्षण गर्ने सम्झौता भएको छ । सङ्घीय अस्पतालका प्रयोगशालामा परीक्षण हुन नसक्ने क्यान्सर र अन्य रोगको परीक्षणका लागि उक्त सम्झौता भएको हो । जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले अस्पतालसँगको सम्झौताले बिरामीलाई सहज हुने बताउनुभयो । उहाँले सङ्घीय अस्पतालमा विशिष्टीकृतस्तरको प्रयोगशाला […]

खानेतेलले बढायो निर्यात

काठमाडौँ, फागुन ९ गते ।  चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आजको सोही अवधिको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ८६ अर्ब […]

छोरीको सुरक्षा र सङ्घीयता टिकाउने बहस

सुर्खेत, फागुन ८ गते । सुर्खेतमा जारी कर्णाली उत्सव ‘कुडा कर्णाली’ को छैटौँ संस्करणको दोस्रो दिन छोरी सुरक्षालाई बलियो बनाउने विषयमा बहस केन्द्रित भएको छ । छोरी सुरक्षादेखि सङ्घीयताको जगलाई पनि बलियो बनाउने विषयमा ‘छोरीको छहारी’ नामक सत्रमा यस्तो बहस भएको हो । उक्त सेसनको वक्ताका रूपमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, अभियन्ता डा. नवराज […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल