रोजगारी सिर्जना गर्नुनै सरकारको मुख्य काम : मुख्यमन्त्री जम्कट्टेल

मनहरी (मकवानपुर), ४ भदौ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रोजगारी सिर्जना गर्नु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । आज प्रदेश श्रम तथा रोजगार नीति, २०८० सार्वजनिक गर्दै उहाँले संविधानको मर्ममा रहेर प्रदेश श्रम तथा रोजगार नीति तयार पारिएको बताउनुभयो । “श्रमको अधिकार प्रदेशमा खासै छैन तर पनि भएको अधिकारलाई प्रयोग गर्न नीति […]

एमालेद्वारा सचिवालय बैठक आह्वान

काठमाडौँ, ४ भदौ नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ । तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले बैठकको बेला नै कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष […]

स्व प्रदीप गिरि समाजवाद बुझेका नेता : सभापति देउवा

काठमाडौँ, ४ भदौ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरि बिपी कोइरालापछि प्रजातान्त्रिक समाजवाद बुझेका नेता भएको बताउनुभएको छ । स्व गिरिको प्रथम स्मृति दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले उहाँ समाजवादका बारेमा धेरै बुझेका मान्छे भएको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँ बिपी पछिका […]

पहिरोले सुवा गाउँका १० परिवार विस्थापित

बेनी (म्याग्दी), ४ भदौ :   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् । पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर […]

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

भोजपुर, ४ भदौ ः   भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो । यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । यहाँका छ […]

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस ः सार्वजनिक बिदा

कर्णाली, ४ भदौ ः   कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ […]

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ, ४ भदौ ः   नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, […]

राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने

गण्डकी, ४ भदौ :  ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा भदौ ११ […]

पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र

कास्की, ३ भदौ : पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । महानगरले वडा नं १९ को लामाचौर, वडा […]

धारापानीमा ‘एक घर, एक धारा’

म्याग्दी, ३ भदौ  :   जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो । रु एक करोडभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल