एघार उद्योग निर्माणाधीन

हेटौँडा, साउन १० गते । क्षेत्रफलका हिसाबले देशकै ठुलो औद्योगिक क्षेत्र हेटौँडा औद्योगिक क्षेत्रमा गत आर्थिक वर्षमा ११ उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । तीन हजार २२८ रोपनीमा फैलिएको औद्योगिक क्षेत्रमा आव २०८०÷८१ मा ११७ वटा उद्योग सञ्चालनमा रहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी काशिराम घिमिरेले जानकारी दिनुभयो । उहाँले दिएको तथ्याङ्क अनुसार […]

एघार वडामा ठुला पूर्वाधार निर्माण

रामेछाप, असार २९ गते । रामेछापको मन्थली नगरपालिका–२ मा कठजोर नमुना (कृष्णलाल) पार्क निर्माण गरिएको छ । नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको जन्मस्थल कठजोरमा उहाँको सम्झनामा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको हो । विसं १९४४ माघ २४ गते हालको मन्थली नगरपालिका–२, कठजोरमा जन्मनुभएका कृष्णलाल अधिकारी राणाकालमा मकैको खेती नामक पुस्तक लेखेको […]

विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि

काठमाडौँ, असार २४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विज्ञहरूसँगको छलफलका क्रममा उहाँले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्ने बताउनुभएको हो […]

एसइईको नतिजा यसरी हेर्न सकिन्छ

काठमाडौँ, असार १० गते । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । सोमबार गोरखापत्रमा सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने निम्न व्यवस्थाहरू गरेको छ । […]

भूउपग्रहमा आधारित प्रणालीको अध्ययन हुँदै

काठमाडौँ, जेठ ३० गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भूउपग्रहमा आधारित प्रणालीको सम्भाव्यता अध्ययन अघि बढाइएको छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि जडान गर्न सम्भाव्यता अध्ययन भइरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले झन्डै एक अर्ब रुपियाँ खर्चेर जडान गरेको […]

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

खोटाङ, ३० चैतः छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ । आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली विकास […]

मापदण्डविपरीत प्रयोगशाला सञ्चालन

काठमाडौँ, भदौ ७ गते  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘क’ वर्गका १४ वटा प्रयोगशालाको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा ‘क’ वर्गका प्रयोगशालामध्ये केही मापदण्डविपरीत सञ्चालन भएको पाइएको थियो। स्वास्थ्यमन्त्री बस्नेतले नयाँ बानेश्वरस्थित अल्फा किएर एन्ड डाइग्नोस्टिक सेन्टर र सुरिया हेल्थकेयर प्रयोगशालाको अनुगमन गर्नुभएको हो। बुधबार अनुगमन भएका ‘क’ वर्गका प्रयोगशालामध्ये भक्तपुर १, काठमाडौँ १२ र […]

पाइपलाइन विस्तारका लागि बिटुबी सम्झौता गरिँदै छ ।

काठमाडौँ, भदौ ७ गते   पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउन व्यापार टु व्यापार सम्झौता गर्न लागिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आइओसी) बिच दोस्रो चरणको पाइपलाइन निर्माण कार्य अगाडि बढाउन बिटुबी सम्झौता गर्न लागिएको हो । यसअघि गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका […]

करेन्ट लागेर झामा श्रीमानको मृत्यु, श्रीमती घाइते

बिर्तामोड, भदौ ७ गते झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ, भने श्रीमती घाइते हुनुभएको छ । करेन्ट लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका– ९ निवासी २४ वर्षीय अमृत रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक   खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । प्रहरीका अनुसार बुधवार दिउँसो साढे २ बजेको समयमा आफ्नै […]

संसदीय समितिमा सदस्य हेरफेर

काठमाडौँ, ६ भदौ प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार समितिमा प्रतिनिधित्व गर्ने सांसद सदस्यको हेरफेर गरिएको नाम पढेर सुनाउनुभएको छ । प्रस्तावित हेरफेरमा अमनलाल मोदी सार्वजनिक लेखा समितिमा, नागिना यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा, सांसद सङ्गीता मण्डल धानु शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल