‘तिमी पनि एक्लै म पनि एक्लै’मा सुरेश र निशाको रोमान्स ( भिडियो )

काठमाडौं – भाइरल टेलरवाली निशा रणपाल र गायक राजु प्रितीको स्वरमा सजिएको लोक दोहोरी गीत ‘तिमी पनि एक्लै म पनि एक्लै’को म्युजिक भिडियो सार्वजनिक भएको छ। हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको गीतमा शब्द,संगीत रहेको छ भने सरोज बिष्टको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन […]

हङकङविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ, ४ कात्तिक : नेपालको सिनियर राष्ट्रिय टोलीले त्रिकोणात्मक टि–२०आई सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । आजको खेल मुलपानी क्रिकेट मैदान अहिले हुन लागेको हो । नेपालले यसअघि खेलको दुई खेलमा जित दर्ता गराएको छ । नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले र दोस्रो खेलमा हङकङलाई छ विकेटले पराजित गरेको […]

‘म अनि तिमी’ पछि ज्ञानेशको ‘हामी नेपाली’ ( भिडियो )

काठमाडौं । गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन्। र गीतमा कर्ण स्वयंको शब्द, संगीत रहेको गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको छ। राजु शाहले म्युजिक एरेन्ज रहेको गीतमा रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ। बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन। गीतको भिडियो गायक कर्णको […]

रामेछाप कपको उपाधि धादिङलाई

मन्थली (रामेछाप) ३० असोज ः नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति रामेछापले आयोजना गरेको नेविसङ्घ कप–२०८० को उपाधि धादिङले जितेको छ । बागमती प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा धादिङले रामेछापलाई २२–२५, २५–२२, २५–१४, २३–२५ र १५–१२ ले जितेको हो । तृतीय स्थानका लागि ललितपुर र नुवाकोटबीच भएको खेलमा नुवाकोटले ललितपुरलाई २५–१७, […]

चाडबाडले गाउँबस्ती खेलमय

बेदकोट (कञ्चनपुर), २९ असोज ः ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन् । दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिँदा गाउँबस्ती खेलमय बनेका हुन् । घरभन्दा टाढा रहेका मानिस चाडबाडको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ । जिल्लाका विभिन्न ठाउँमा चाडबाडलाई लक्षित गरेर सानाठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन् । […]

तीन अमेरिकीद्वारा कुम्भकर्ण हिमाल आरोहण

ताप्लेजुङ, २८ असोज : तीन जना अमेरिकी नागरिकले यहाँस्थित जन्नु (कुम्भकर्ण) हिमाल आरोहण गरेका छन् । सात हजार सात सय १० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका पाँचमध्ये तीन जनाले सफल आरोहण गरेका हुन् । ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट आरोहणका लागि गएका अमेरिकी आरोही एलन प्याट्रिक रुसो, माइकल ओरियन गार्डनर र ज्याक्सन […]

पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

फुङ्लिङ (ताप्लेजुङ), २८ असोज : ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र […]

महाकाली नदी किनारमा खुला बिचभलिबल हुने

महेन्द्रनगर (कञ्चनपुर) २३ असोज : कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ । यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि आयोजना हुन लागेको हो । […]

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

काठमाडौँ, २३ असोज : वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै गण्डकी प्रदेश विजयी भएको हो । प्रतियोगितामा प्रथम भएसँगै गण्डकी प्रदेशले रु पाँच लाख नगद, शिल्ड, […]

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला

चितवन, १६ असोज ः चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको र क्रमशः भत्किएका सडक मर्मत गरेर अन्य स्थानबाट पनि खुला गरिने जानकारी दिनुभयो । निकुञ्जभित्रको सडक […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल