काठमाडौँ, साउन २६ गते । बङ्गलादेशमा जारी आन्दोलनले नेपालसँग हुने आयातनिर्यात व्यापारमा सामान्य प्रभाव परेको छ । आन्दोलन सुरु भएदेखि नेपालसँग मात्र होइन भारत र भुटानसँग हुने व्यापार प्रभावित भएको छ । बङ्गलादेशको नाका बङ्गलाबन्ध खुल्ने र बन्द हुने क्रम जारी हुँदा व्यापारमा प्रभाव भएको हो । बङ्गलादेशसँग नेपालबाट कम मात्र सामान निर्यात भए पनि ठुलो […]
काठमाडौँ, साउन २५ गते : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आजदेखि बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४:०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो । बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं […]
कर्णाली, साउन २१ गते : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने हुनुभएको छ । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि योसम्बन्धी विषयको प्रस्ताव आज राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । उहाँले उक्त […]
भक्तपुर, साउन २० गते : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताउनुभएको छ । यहाँ आज उहाँले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताउनुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, […]
धनगढी, साउन १७ गते । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा नियुक्त हुने सम्भावना बढेको छ । नेपाली कांग्रेस संसदीय दलले औपचारिक निर्णय गर्न बाँकी रहे पनि मुख्यमन्त्रीमा उहाँको सम्भावना बढी रहेको जनाइएको छ । यस विषयमा भोलि (शुक्रबार) दिउँसो २ बजे दलको बस्ने बैठकले अन्तिम टुङ्गो […]
धन खर्च गरेर जनप्रतिनिधि बन्ने निर्वाचन प्रणाली ठिक हुँदैन । यस विषयमा प्रायः सबै राजनीतिक दलका नेता र सांसदले बोल्ने गरेका छन् तर हालको निर्वाचन प्रणाली बदल्न व्यवस्थापिका संसद्मा भने कुनै सुरसार गरिएको छैन । नेपालका नेताले कुनै विषयमा बोलेको १० वर्ष हुँदा पनि काम नगर्ने पुरानै रोग हो । अझै पनि यो रोगको उपचारमा […]
बर्दीबास, साउन १७ गते । फोहोर व्यवस्थापन देशव्यापी समस्या भएको बेला बर्दीबास नगरपालिकाले फोहोरलाई मोहर बनाउने अभियान सुरु गरेको छ । फोहोरलाई आम्दानीको स्रोतका रूपमा रूपान्तरण गर्न नगरपालिकाले फोहोरमैला प्रशोधन तथा रिसाइकल केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाएको हो । केन्द्रको भवन निर्माणका लागि नगरप्रमुख प्रह्लाद क्षेत्री, उपप्रमुख तारादेवी महतो तथा वडाध्यक्षहरूले मङ्गलबार बर्दीबास–८ स्थित मोडल […]
पशुपतिनगर, साउन १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा धार्मिक पर्यटनको अथाह सम्भावना रहेकाले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले […]
काठमाडौँ, साउन १२ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभएको छ । संविधान संशोधन गरेर सत्तारुढ काँग्रेस एमालेले जनताको अधिकार खोस्ने दुःशाहस गरिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सफल हुन नदिने बताउनुभएको हो […]
हेटौँडा, साउन १२ गते। बागमती प्रदेशको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार गर्दै थप चार जना मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्रीमा बहादुर सिं लामा तामाङको सिफारिसमा शनिबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद् पुनगर्ठन एवं कार्यविभाजन गर्नुभएको हो। प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री लामाको उपस्थितिमा हरिप्रभा खड्गी (श्रेष्ठ), सुरज चन्द्र लामिछाने, मीनकृष्ण महर्जन र विमल ठकुरीलाई मन्त्री […]