सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि कांग्रेस–एमालेबिच छलफल

धनगढी, असार १९ गते : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बिच छलफल भएको छ । केन्द्रमा कांग्रेस एमालेको नयाँ सत्तासमीकरण बन्न थालेपछि प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत हुन थालेको हो । कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह र एमालेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलबिच छलफल भएको छ । केन्द्रमा भएको […]

नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै

काठमाडौँ,  असार १९ गते :  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ । बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन […]

नयाँ सत्ता गठन : एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय

काठमाडौं – सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ । सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ । मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ। […]

कांग्रेसद्वारा निर्देशक समिति गठन

काठमाडौँ, असार १८ गते । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्नरगराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिले भातृ सङ्घको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने÷गराउने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र […]

सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म मन्त्री अस्पतालमै

सर्लाही, असार १७ गते । मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री उर्मिलादेवीसिंह चौधरी सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म अस्पताल भर्ना भएर सोमबार दिउँसो डिस्चार्ज हुनुभएको छ । ईश्वरपुर नगरपालिका ९ रामनगर निवासी मन्त्री सिंह नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा १२ घण्टा चिकित्सकको निगरानीमा रहेर घर फर्किनुभएको हो । उहाँलाई घरमा सुतिरहेका बेला सोमबार बिहान २ः५० बजेतिर […]

भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी

काठमाडौँ, असार १८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी रहेको बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२ औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभाका अवसरमा सोमबार राजधानीमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भ्रमण भिसा र व्यक्तिगत […]

प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता

काठमाडौँ, असार १७ गते : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज बिहान बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा एस महाधिवेशनः सर्वसम्मत नेतृत्व चयनको प्रयास

काठमाडौँ, असार  १४ गते : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्क्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ । राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय […]

गण्डकी प्रदेशमा पहिरोले सात जनाको मृत्यु

पोखरा, असार १२ गते । पहिरोले कास्की र लम्जुङमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीय आयुश्मा रानाभाटको मृत्यु भएको हो । रानाभाटसँगै सुत्नुभएकी हजुरआमा लालमाया बञ्जारा सामान्य घाइते हुनुभएको छ । त्यस्तै, पोखरा-७ आरूपाटामा कच्ची घर पहिरोले पुर्दा ३ वर्षे बालक अनमोल सुनारको मृत्यु भएको छ भने […]

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी, असार १२ गते । लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव ध्वनिमतले पारित […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल