काठमाडौँ, ३० असोज : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर जङ्गबहादुर राणाले संसदमा पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वसभामुखलगायतले असीमित समयसम्म बोल्ने पाउने पद्धतिमा परिमार्जन गर्ने बेला आएको बताउनुभएको छ । कुनै मुद्दा उठेपछि सबै पार्टीका र स्वतन्त्र सांसदले अनिवार्य बोल्नै पर्ने प्रचलनले गर्दा पनि संसदीय प्रक्रिया लम्बिने गरेको उल्लेख गर्नुभयो । संसदको लामो […]
काठमाडौँ, २८ असोज : नेपाल सरकार र आन्दोलनरत पालिकाका कर्मचारीबीच १९ बुँदे सहमति भएपछि पालिकाका कर्मचारीको आन्दोलन स्थगित भएको छ । विभिन्न माग राखेर विगत १४ दिनदेखि काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबीच गए राति सहमति भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय निजामती सेवा ऐनमा सङ्घ, […]
काठमाडाैँ, १७ असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा मङ्गलबार गएको भूकम्पका कारण एकको मृत्यु, केही बेपत्ता र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत सो घट्नाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नुभयो । सभापति देउवाले युद्धस्तरमा […]
काठमाडौँ, १३ असोज ः नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी […]
काठमाडौँ, ३० भदौ, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङले सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुक बनाउन लाग्नुपर्ने बताउनुभएको छ । रामेछापमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँले रासससँग कुरा गर्दै सरकार र राजनीतिक दलका नेता मात्र होइन सबै सांसद जनताका हकहित तथा मुलुक समृद्धिमा केन्द्रित हुन नसक्दा दु्रत गतिको विकास हासिल […]
काठमाडौँ, २९ भदौ : नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आउनुभएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुहुुन्छ । मुलुकमा अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयन गरी समृद्धि हासिल गर्ने यात्रामा एक ढिक्का भई अघि बढ्नुपर्नेमा दलहरूबीचमा कयौँ विषयमा प्रतिस्पर्धा र स्वार्थ बाझिएको घटनाप्रति उहाँलाई चित्त […]
काठमाडौँ, २८ भदौ : कानुनी र महिला अधिकारको क्षेत्र हुँदै सक्रिय राजनीतिमा होमिनुभएकी सांसद रञ्जुकुमारी झा (ठाकुर) हाल जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ विगतमा नेकपा (एमाले) को सांसद रही प्रतिनिधिसभाको शिक्षासम्बन्धी समितिको सभापतिको अनुभव प्राप्त हुनुहुन्छ । सांसद झा सांसदको मुख्य काम कानुन निर्माण नै हुनुपर्नेमा गलत अभ्यास र बुझाइका कारण […]
काठमाडौँ, २६ भदौ, समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ । मोर्चाका सदस्यसचिव प्रमेश हमालले दिवङ्गत नेता नेम्वाङ कम्युनिष्ट आन्दोलनको साझा नेता भएकाले उहाँको निधनमा शोक मनाउन आजको कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभयो । नेम्वाङको हृदयाघातबाट […]
काठमाडौँ, २५ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद चुनिनुभएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उहाँले चाहेजति सन्तोषजनक छैन । उहाँकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न […]
मेष– मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष– काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला […]