काठमाडौँ, पुस १९ गते । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यहरू तिलगङ्गा नेत्र विश्वविद्यालयमा प्रस्तावित पदाधिकारीको सङ्ख्यालाई लिएर विभाजित भएका छन् । विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकमा पदाधिकारीको सङ्ख्या बढी भयो भनेर केही सदस्यले घटाउनुपर्ने जिकिर गर्दा आवश्यकताका आधारमा राखिएको भन्दै केहीले प्रस्तावित व्यवस्थालाई चलाउन नहुने पक्षमा देखिएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक–२०८१ […]
काठमाडौँ, पुस १८ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्त्व दिइएको बताउनुभएको छ। जनसांस्कृतिक महासंघले आज गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीसँगको भेटघाटमा उहाँले यस्तो जानकारी दिनुभएको हो। ‘आजदेखि निकै उत्साहपूर्ण रुपमा पार्टी स्थायी समितिको बैठक सुरु भएको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी […]
काठमाडौँ, पुस १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि शुक्रबार यहाँ हुने भएको छ । बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताउनुभयो । बैठकमा पार्टीका अध्यक्ष […]
नेपालगन्ज, पुस १७ गते। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले जसपा नेपालको विकल्प नभएको बताउनुभएको छ। जनता समाजवादी पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल, संगठन विस्तार आधारभूत अभियान अन्तर्गत बुधबार नेपालगन्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश र […]
काठमाडौँ, पुस १७ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल […]
तानसेन, पुस १६ गते । दुई करोडभन्दा बढी खर्च गरेर स्थापना गरेको कोभिड ल्याब अलपत्र अवस्थामा पुगेको छ । कोरोना सङ्क्रमणको जाँच हुन छाडेपछि दुई करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको संरचना, ल्याबका सामग्री, कार्यालय तथा अन्य फर्निचर अलपत्र अवस्थामा रहेका छन् । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट तानसेनको धोबीधारामा सञ्चालनमा ल्याएको कोभिड ल्याब निर्माणका […]
काठमाडौँ, पुस १० गते । नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता पूर्व उपाध्यक्ष डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा पर्नुभएको छ । बुधबार दिउँसो पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय […]
बुटवल, पुस १० गते । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलाले उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसँगै […]
काठमाडौँ, पुस ९ गते । जनप्रतिनिधि जिम्मेवार नहुँदा कानुन निर्माण ओझेलमा परेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका विषयगत समितिमा पठाइएको विधेयकमाथि छलफल गर्न बोलाइएका बैठकमा सभाका सदस्यको अनुपस्थितिले गणपूरक सङ्ख्या नपुगेर बैठक नै स्थगित गर्नु परेको छ । यसरी समितिको बैठकमा सभाका सदस्यको नियमित उपस्थिति नभएपछि लामो समयसम्म विधेयकहरू विचाराधीन अवस्थामा रहने गरेका […]
काठमाडौं, पुस ८ गते । काठमाडौं विश्वविद्यालयको ९८ औँ सभाको सोमबारको बैठकले सो विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले […]