काठमाडौँ, वैशाख ४ गते। नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरिएको छ। गृह मन्त्रालयको बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेमा डिआइजीहरु चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी हुनुहुन्छ। प्रहरी […]
काठमाडौँ, वैशाख ४ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बदनाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताउनुभएको छ । डा महेश्वरी कुँवरद्वारा लिखित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा मन्त्री डा राणाले नेपालका बारेमा कूटनीतिक पक्षले भने सकारात्मक टिप्पणी गरिरहेका बेलामा मुलुकमा २०४६ सालपछि […]
काठमाडौँ वैशाख ४ गते । सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले उत्पादन गरेको डेढ करोड बराबरको सिटामोल र जीवनजल बिक्री हुन नसकेको गुनासो आएको छ । पहिलाका वर्षको तुलनामा यो वर्ष कम बिक्री भएकाले दुई महिनादेखि डेढ करोड बराबरको सिटामोल र जीवनजल स्टक रहेको लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले जानकारी दिनुभयो । स्टक रहेको सिटामोल र जीवनजल […]
काठमाडौँ, वैशाख ४ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाले बिहीबार साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबार राति देशका सातै प्रदेशका हिमाली भेगमा हल्का हिमपातको तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही […]
काठमाडौँ, वैशाख ४ गते। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल महिला सङ्घका २० जना केन्द्रीय सदस्यको सामूहिक राजीनामाबारे छलफल हुने बताउनुभएको छ। उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्दै सानोतिनो असन्तुष्टिका कारण त्यसो भएको हुनसक्ने बताउनुभएको हो। प्रवक्ता महतले भन्नुभयो, “सानोतिनो कुरामा त्यो गर्छन्, यसबारे व्यवस्थापन भइहाल्छ। राजीनामा स्वीकृत हुँदैन, सानोतिनो असन्तुष्टि होला त्यो मिलिहाल्छ।” उहाँले […]
द हेग (नेदरल्यान्ड्स), वैशाख ४ गते । गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्बिरलाई बिहीबार वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ । द न्युयोर्क टाइम्सका लागि कतारस्थित प्यालेस्टिनी फोटोग्राफर समर अबु इलुफले खिचेको फोटोमा नौ वर्षीय महमुद अजजोरको हात दुवै काँधमुनि हराइरहेको देखाइएको छ । “महमुदकी आमाले […]
वराहक्षेत्र, वैशाख ३ गते : पूर्वी नेपालको इलाममा नयाँ प्रजातिको चरा फेला परेको छ । इलाम जिल्लास्थित समुद्र सतहबाट तीन सय मिटर उचाइमा नयाँ प्रजातिको चरा ‘बैजनी कोइली’ [भाइलेट कुक्को] अभिलेख गरिएको हो । इलामको सुखानी वन क्षेत्रबाट नेपालको लागि नयाँ प्रजातिको चरा बैजनी कोइली चरा अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले […]
बबई (बर्दिया), वैशाख ३ गते : पर्यटकीय गन्तव्य स्थलका रूपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्तीसारमा मङ्गलबार हात्ती पूजा गरेर वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ । मानव र हात्तीबिच सहअस्तित्व कायम गर्न बर्दियामा प्रत्येक वर्ष हात्ती पूजा गर्ने गरिन्छ । २०७१ सालदेखि नै वैशाख पहिलो सातालाई वन्यजन्तु सप्ताह अन्तर्गत मनाउने गरिएको छ । निकुञ्ज अन्तर्गतको हात्तीसारमा हात्ती […]
दमक, वैशाख ३ गते : नेपालको लोपोन्मुख जातीमध्येको एक पूर्वी नेपालको मेचे समुदायको प्रमुख चाड ‘बैशागु बथर’ को उपलक्ष्यमा मेचीनगर नगरपालिकाले नगरभित्र बुधवार सार्वजनिक बिदा दिएको छ । मेचीनगर नगरपालिका मेचे समुदायको प्रमुख बसोबास रहेको क्षेत्र हो । २०७८ को जनगणना अनुसार देशभरि करिब पाँच हजार १९३ जना रहेको मेचे समुदायले केही समयअघि मेचीनगर नगरपालिकाका […]
ढल्केवर, वैशाख ३ गते : धनुषाको ढल्केबरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनस्थित ग्रिडमा बुधवार बिहान आगलागी हुँदा धनुषासहित तीन जिल्लाको विद्युत् आपूर्ति प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरण मदेश प्रदेशका प्रमुख शम्भुकुसियैत यादवले ढल्केबर ग्रिडको सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी भएको बताउनुभयो । उक्त आगलागीका कारण धनुषा, महोत्तरी र सर्लाही जिल्लाका केही क्षेत्रमा […]