इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने

जनकपुरधाम, २४ असोजः मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्नुहुँदै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने […]

वालिङ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

वालिङ (स्याङ्जा), २४ असोज ः स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ । सामुदायिक विद्यालयमा खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । “सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुँदै जाँदा विद्यालयमा बालबालिका तथा […]

काभ्रेमा आठ सय ४९ सहकारी ‘अज्ञातअवस्थामा ’ : प्रतिवेदन

काभ्रेपलाञ्चोक, २४ असोज : काभे्रपलाञ्चोकमा आठ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी सङ्घले जनाएको छ । बनेपा नगरपालिका बनेपामा सञ्चालित सहकारीको अनुगमन प्रतिवेदन बुझाउने क्रममा सङ्घका अध्यक्ष दिलीप […]

विशेषज्ञ सेवा विस्तार गर्दै जानकी मेडिकल कलेज

जनकपुरधाम, २३ असोज : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल दक्षजनशक्ति उत्पादनका साथै विशेषज्ञ स्वास्थ्य सेवा विस्तारमा केन्द्रित हुन थालेको छ । विगत २३ वर्षदेखि चिकित्सा सेवाका विभिन्न विधामा दक्षजनशक्ति उत्पादनका साथै नागरिकलाई आधारभूत चिकित्सकीय सेवा प्रदान गर्दै आएको अस्पतालले अत्याधुनिक उपकरण र पूर्वाधारसहित सेवा विस्तारमा ध्यान केन्द्रित गरेको अस्पताल […]

विमानस्थलबाट सुनसहित एकजना पक्राउ

काठमाडौँ, २३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ […]

नगर प्रमुख लव श्रेष्ठको नेतृत्वको परिणाम : मन्थलीले एकै बर्षमा गर्यो जनताले महसुस गर्ने काम

रामेछापको मन्थली नगरपालिकाकाले एक बर्षमा उल्लेख्य प्रगति हासिल गरेको पाइएको छ । सार्वजनिक सवो प्रवाह र क्षमता बिकासतर्फ पनि सो नगरपालिकाले प्रगति हासिल गरेको तथ्यले देखाएको छ । नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा चालूतर्फ ६६ करोड, १८ लाख ७३ हजार ८ सय ८३ रुपैयाँ अर्थात ८४.१ प्रतिशत र प्रतिशत र पुँजीगततर्फ २६ करोड ६२ […]

आमाको दूधको महत्त्व र फाइदाहरु

स्तनपान एउटा आमाले आफ्नो बच्चाको लागि गर्नसक्ने एक महत्त्वपूर्ण र महान कार्य हो। जसले गर्दा बच्चालाई चहिने सम्पूर्ण खाना, पोषकतत्व र विभिन्न संक्रमणबाट बच्न चाहिने एन्टिबडी प्राप्तिका लागि मद्दत पुग्दछ। विश्व स्वास्थ्य संगठन र विभिन्न अध्ययनका प्रभावकारी स्तनपान भन्नका लागि निम्न कुरा गराउन जरुरी देखिन्छ : –सबै आमाले बच्चा जन्मिनेबित्तिकै जतिसक्दो छिटो, सु्त्केरी भएको १ […]

सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री

झापा, २३ असोज: सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान मेचीनगरले हालै गरेको अनुगमनमा मेचीनगर नगरपालिकाको प्रशासनिक कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, अस्पताललगायतका सार्वजनिकस्थलबाट एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी र गुट्खाको खुला बिक्री वितरण भइरहेको तथ्य फेला […]

महाकाली नदी किनारमा खुला बिचभलिबल हुने

महेन्द्रनगर (कञ्चनपुर) २३ असोज : कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ । यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि आयोजना हुन लागेको हो । […]

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

काठमाडौँ, २३ असोज : वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै गण्डकी प्रदेश विजयी भएको हो । प्रतियोगितामा प्रथम भएसँगै गण्डकी प्रदेशले रु पाँच लाख नगद, शिल्ड, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल