काठमाडौँ, १४ भदौ : मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक […]
काठमाडौँ, १४ भदौ राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवद्र्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गर्नुभएको छ । उहाँले सुशासन प्रवद्र्धन गर्नेतर्फ राज्यको खासै ध्यान पुग्न नसकेको हुँदा जनप्रतिनिधिका हैसियले सांसदले विकृति, विसङगति, अनियमतिा र भ्रष्टाचार अन्त्य र सुशासन प्रवद्र्धनमा काम गर्न आवश्यक […]
काठमाडौँ, १३ भदौ ः नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१४ बस्ने २५ वर्षीय सुसन चौगुठी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार […]
ताप्लेजुङ, १३ भदौ ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो । यस वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली सहभागी हुँदैछन् । घरेलु टोलीले उद्घाटन […]
भजनी (कैलाली), १३ भदौ कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो । राष्ट्रिय बाली रोग विज्ञान […]
टीकापुर (कैलाली), १२ भदौ ः कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पु¥याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् । किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पु¥याएको बताउनुभयो । “छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली जोगाउन समस्या […]
भजनी, १२ भदौ रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन । गत आवमा कार्यक्रमका लागि चालुतर्फ रु १९ करोड ७६ लाख बजेटमध्ये रु नौ करोड २६ […]
नवलपुर, ११ भदौ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पर्ने नारायणी नदी किनारमा निर्माणाधीन तटबन्धसहितको इको सडक । नारायणीको बाढीबाट बस्तीलाई जोगाउँदै किनारमा पक्की तटबन्धसहितको ‘इको करिडोर’ निर्माणका लागि बहुवर्षीय ठेक्का लागेर द्रूत गतिमा काम भइरहेको छ ।
गण्डकी, ११ भदौ ः कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिनुुभयो । जिल्लामा पछिल्ला तीन वर्षमध्ये आव २०७७/७८, २०७८/७९ र २०७९/८० मा क्रमश ः १६ हजार ८१, […]
चितवन, ११ भदौ ः भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा शिवजी पौडेल नियुक्त हुनुभएको छ । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा कृष्णसागर शर्मा र डा प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । उहाँहरुमध्ये अस्पताल सञ्चालक समितिले डा पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा […]