रामेछाप, मन्थली नगरपालिका-१४, स्थित च्यानडाँडा जगलमा प्रहरी हवल्दारको कमाण्डमा खटी गएको गस्ती टोलीले गस्ती गर्दै फर्किने क्रममा २ जना अपरिचित व्यक्तिहरूले भरुवा बन्दुक बोकेर हिडेको देखी निजहरूलाई नियन्त्रणमा लिन खोज्दा बन्दुक छाडी भागेको । उक्त बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको ।
नयाँवर्षको आगमनसँगै भक्तपुरमा नौ दिन, आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्का अर्थात् बिस्केट जात्राको पहिलो दिन आज भैरवको रथ तानिएको छ । प्यागोडा शैलीमा काठैकाठले निर्माण भएको तीनतले भैरवको रथ स्थानीयवासीले आज अपराह्न ४ बजेदेखि तौमढी (पाँचतले मन्दिर प्राङ्गण) बाट तल र माथिका बासिन्दाले होस्य, हैस्यै, हाः हाः हाः गर्दै रथ तानेर जात्रा सुरु […]