काठमाडौँ, असोज ३० गते । देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेंगु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढि […]
गण्डकी, असोज २८ गते : चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उहाँहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याउनुभयो । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको […]
काठमाडौँ, असोज २८ गते: मुखको सफाइलाई स्वास्थ्य जीवनका लागि महत्त्वपूर्ण मानिन्छ। शरीरका सम्पूर्ण अङ्ग प्रत्यअङ्गलाई स्वास्थ्य वा अस्वास्थ्य बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ। त्यसैले मुख सधै स्वास्थ्य राख्ने बानी बसाल्नुपर्छ। बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ। बिहान र बेलुका […]
काठमाडौँ, असोज २५ गते : तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ । प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने, आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठूलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई […]
काठमाडौं, असोज २२ गते : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य सङ्कटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य सङ्गठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उहाँले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको बताउनु भयो । भारतको नयाँदिल्लीमा सञ्चालित दक्षिण […]
लेखनाथ, असोज २० गते । गण्डकी प्रदेशकै सबैभन्दा ठुलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गत वर्ष चार लाख ५५ हजार बिरामीलाई सेवा दियो । प्रदेश राजधानीमा रहेको यो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत छ । अस्पतालका सबै जसो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी तयार भए पनि केही भवन हस्तान्तरण नहुँदा बेला बेलामा बिरामीलाई भुइँमा राखेर सेवा दिनुपर्ने बाध्यता छ । […]
घोडाघोडी (कैलाली), असोज १९ गते : कैलालीको घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय पूजा सिंहलाई गत असारमा एक्कासि उच्च ज्वरो आयो । १५ दिनसम्म अस्पताल भर्ना भएकी पूजाको रगत जाँच गर्दा रगतमा खराबी देखिएपछि उहाँलाई भरतपुर क्यान्सर अस्पताल लगियो । साउनमा पूजालाई ब्लड क्यान्सर प्रमाणित भएपछि अहिले उहाँको भर्ना गरेर भरतपुर अस्पतालमा उपचार भइरहेको छ । कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालय […]
अछाम, असोज १८ गते : उच्च रक्तस्रावका कारण ढकारीका एक सुत्केरी महिलाको बिहीबार मृत्यु भएको छ । ढकारी गाउँपालिका –६ ढुङ्गाचाल्नाकी २९ वर्षीया सरितादेवी जैसीको मृत्यु भएको हो । बच्चा जन्मिएर साल ननिस्केकाले रक्तस्राव भएपछि ढिलो गरेर अस्पताल पुग्दा सुत्केरीको ज्यान गएको बताइएको छ । बुधबार राति सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकी जाँदैगर्दा सरिताले राति […]
टीकापुर, असोज १४ गते : कैलालीको भजनीका १०१ जनाको आँखाको शल्यक्रिया भएको छ । असोज ११ गतेदेखि १३ गतेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको शिविरमा ८२६ जनाको आँखाको जाँच भएको छ । जमध्ये १०१ जनाको आँखामा भएको मोतियाबिन्दुको शल्यक्रिया भएको हो । भजनीस्थित आँखा उपचार केन्द्रमा आँखा जचाउन आउने मानिसलाई आँखाको शल्यक्रिया गर्नुपर्ने सुझाव दिए पनि […]
मुगु, असोज १२ गते : मुगुका अधिकांश महिलामा पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिएको छ । किशोरी अवस्थामै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि शरीरलाई भार हुने गरी काम गर्नुपर्ने बाध्यता र पर्याप्त पोषणयुक्त खानाको अभावले मुगुका महिलामा पाठेघरको समस्या बढी देखिएको छ । जिल्ला अस्पताल मुगुको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा […]