नेपालगन्ज : भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ । बाँकेका डेङ्गु रोग सम्पर्कव्यक्ति दुर्गा गौतमले बाँकेमा चालु आर्थिक वर्षको हालसम्म चार सय […]
काठमाडौँ, : असार १५ अर्थात् दही चिउरा खाने दिन। खेतमा रोपाइँ गरी दही चिउरा खाएर असार १५ मनाइएको छ। सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ। असारमा कामको चाप हुने भएकाले छिटो र मिठो खाजाका रूपमा दही–चिउरा खाने चलन चल्दै आएको विज्ञको तर्क छ। विभिन्न गुणले भरिपूर्ण दही र चिउराको सेवन […]
काठमाडौँ, असार १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो । उहाँले विभिन्न समयमा स्वास्थ्यकर्मीहरूमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीहरू माथिको त्यस्तो […]
काठमाडौँ, असार ९ गते। गर्मीमा शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खान चिकित्सकको सुझाव छ। जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीले गर्मीको समस्याबाट छुटकार पाउन शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खान सुझाव दिनुभएको छ। गर्मीमा शरीरलाई शीतलता प्रदान गर्ने स्वास्थ्यकर ताजा घरमा बनाएको दालभात, तरकारी जस्ता खानेकुरा खान उहाँको सुझाव छ। सलादमा मुला, केरा, फलफूलको सर्बत, आँपको जुस, मौसम […]
तनहुँ, असार ३ गते : तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । आँबखैरेनी गाउँपालिका–६ हिले खर्कका बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारीले दिनुभयो । सो ठाउँ निवासी वर्ष ५४ को डिल बहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी परेको उहाँले […]
काठमाडौँ, असार १ गते । डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताउनुभयो । […]
बुटवल, जेठ ३१ गते : लुम्बिनी प्रादेशिक अस्पतालको आफ्नै ब्लड बैङ्क नहुँदा बिरामीको उपचारमा ढिलाइसँगै कठिनाइ पनि हुने गरेकाले अस्पतालभित्रै ब्लड बैङ्क स्थापना गर्न माग गरिएको छ । रुपन्देहीका रक्तदाताले बुटवलमा सबैभन्दा धेरै रगतको माग लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीकै लागि हुने गरेकाले अब अस्पतालले आफ्नै ब्लड बैङ्क स्थापना गर्न माग गरेका हुन् । […]
पछिल्लो समय बढ्दो शहरीकरण र आर्थिक रूपमा क्रय क्षमतामा सुधारसँगै नेपालीको दैनिकीमा निकै परिवर्तन आएको छ । यस परिवेशमा होटल, रेस्टुराँ, सीमानाका क्षेत्र, खाद्य सामग्रीको उत्पादन, ढुवानी, प्रशोधन तथा बिक्री वितरणको फितलो अनुगमनका कारण नेपालमा आगामी दिनमा क्यान्सरका रोगी बढ्ने निश्चित प्रायः छ । त्यसमाथि अग्रजको पालामा जस्तो अर्गानिक (शुद्ध) खानेकुरा पाउन गाह्रो छ । तिनीहरूको पालामा जस्तो […]
हेटौँडा, जेठ २७ गते : हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत गाभ्ने बागमती प्रदेश सरकारको निर्णयविरुद्ध मकवानपुरका राजनीतिक दलपछि अस्पतालका चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी उभिएका छन् । हेटौँडा अस्पताललाई छुट्टै राख्नुपर्ने मागसहित मकवानपुरमा व्रिmयाशील राजनीतिक दल एकमत भएर निर्णय गरेको एक साता बित्दा नबित्दै अस्पताल निर्देशकदेखि चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णयविरुद्ध […]
चरीकोट जेठ २१ गते : जिल्लाको तामाकोसी गाउँपालिकामा स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि आयोजना गरिएको शिविरमा १७२ जना महिला लाभान्वित भएका छन् । महिलामा स्तन र पाठेघरसम्बन्धी समस्याहरू बढ्दै गएको अवस्थामा गाउँपालिकाले क्यान्सरको पहिचानका लागि शिविरको आयोजना […]