रगत अभाव टार्न रक्तदान

नेपालगन्ज, मंसिर ३० गते : जाडो बढ्दै जाँदा नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको छ । बाँकेमा अहिले रगतको अभाव भइरहेकाले “रक्तदान गरौं : जीवन उपहार दिउँ” नारासाथ गोपाल–नीना फाउण्डेशन, नेपालगन्ज र जनमत अर्ध साप्ताहिकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ५१ जनाले रगत दिएका छन् । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार […]

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

काठमाडौं, मङ्सिर ३० गते : राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ । सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा […]

बाँकेमा १२ सयभन्दा बढीको कानकाे निःशुल्क उपचार

नेपालगन्ज, मङ्सिर २७ गते : बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकामा धेरै जनाको कान पाकेको जानकारी प्राप्त भएपछि नेपालगन्जस्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्रले त्यहाँ निःशुल्क कान उपचार शिविर आयोजना गरेर १२ सयभन्दा बढीको जाँच गरेको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्र नेपालगन्जको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वय एवम् आर्थिक सहयोगमा निःशुल्क प्राथमिक कान उपचार शिविर […]

डायलासिस सेवा सुरु

डडेलधुरा, मङ्सिर २६ गते : सङ्घीय सरकार मातहत रहेको सुदूरपश्चिमको एक मात्रै अस्पताल डडेलधुरा अस्पतालमै अब मिर्गौलाका बिरामीका लागि डडेलधुरा अस्पतालबाट डायलासिस सेवा दिइने भएको हो । अस्पतालले सोमबार अमरगढी नगरपालिका–४ का ५४ वर्षीय मिर्गौलाको समस्या भएका बिरामी राजेन्द्रविक्रम भण्डारीको स्वास्थ्य परीक्षण गर्दै डायलासिस सेवा दिने तयारी गरेको छ । भण्डारीको स्वास्थ्य परीक्षण सफल भएको छ । अबको एक […]

स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’ सुरु

काठमाडौँ, मङ्सिर २४ ते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय तथा मन्त्रालय मातहतका स्वास्थ्य संस्थाको सेवासम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरुवात गरेको हो । यसको लागि  मन्त्रालयले गुनासो पठाउनुहोस्, हामी समाधान खोज्छौँ भन्ने नारा सहित […]

डेङ्गी सङ्क्रमण घट्दो क्रममा

चितवन, मङ्सिर १९ गते:  जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ। यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेङ्गी सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो। उहाँले भन्नुभयो, […]

नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छ : मन्त्री पौडेल

काठमाडौँ, मङ्सिर १९ गते : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ २२ गतेदेखि दुई सातासम्म […]

अपाङ्गताका आधारमा गरिने विभेदलाई निषेध गर्नुपर्ने : राष्ट्रपति

काठमाडौँ, मङ्सिर १८ गते  । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताउनुभएको छ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्नुपर्नेसमेत बताउनुभयो । अपाङ्गता भएका नागरिकलाई पनि अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनु संविधानको मर्म […]

म्याद थपका लागि विद्यालय नर्स धर्नामा

जनकपुरधाम, मङ्सिर १७ गते ।  मधेश प्रदेशमा कार्यरत विद्यालय नर्सहरू करार म्याद थप गराउन प्रदेश सरकारको दैलोमा पुगेका छन् । प्रदेश सरकारले सञ्चालन गरेको विद्यालय नर्स कार्यक्रमअन्तर्गत कार्यरत नर्सहरूले करार अवधिको म्याद थप गर्न पटक–पटक सरकारलाई घचघचाउँदा पनि सरकार गम्भीर नभएपछि सोमबार जनकपुरधामस्थित शिक्षा तथा संस्कृति मन्त्रालय अगाडि धर्नामा बसेका हुन् । विगत चार वर्षदेखि […]

फार्मेसीमा परिचय र पोसाक अनिवार्य गर्न सघाउने मन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं, मङ्सिर १६ गते : नेपाल फार्मेसी परिषद्ले पुस ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोसाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सघाउने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषद्लाई भन्नुभएको थियो । लगत्तै परिषद्ले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोसाक अनिवार्य गर्ने निर्णय […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल