चौधरी उद्योग ग्राममा लगाइएको ताला खुल्यो

नवलपुर, मङ्सिर ११ गते।  नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको मुल गेटमा स्थानीयले लगाएको ताला खुलेको छ। विगत एक हप्तादेखि विभिन्न माग सहित संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका स्थानीय र उद्योगको व्यवस्थापन पक्षबिच सहमति भएपछि आन्दोलन स्थगितसँगै उद्योग ग्रामको मुल गेटमा लगाइएको ताला खुलेको हो। मंगलबार ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगन […]

सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री

काठमाडौं, मङ्सिर ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मङ्गलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत […]

अर्गानिक तरकारी फलाउने किसान निराश

बैतडी, मङ्सिर १० गते  ।  भारतलगायत नेपालकै बाहिरी जिल्लाबाट भित्रिने तरकारीसँग गाउँको जैविक (अर्गानिक) मल हालेर फलाइएका तरकारीले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बबेत गाउँका किसान निराश बनेका छन् । बाहिरी जिल्लाबाट भित्रिने टमाटरलगायतका तरकारी लामो समयसम्म नबिग्रने भन्दै  बिचौलियाले स्थानीय तरकारीको उचित मूल्य नदिएको किसानले गुनासो गरेका हुन् । दशरथ चन्द नगरपालिका–४, बबेत गाउँकी विमला वडले जैविक […]

नेवानिले हटायो माथिल्लो भाडादर

काठमाडौँ, मङ्सिर १० गते ।  नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानतर्फको माथिल्लो भाडादरको हवाई टिकट नबेच्ने भएको छ । सरकारको निर्देशन कार्यान्वयन गर्दै निगमले इकोनोमी क्लासको महँगो दरको भाडा हटाएर सस्तो भाडादर मात्र निर्धारण गरिएको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा हवाई भाडा बढेको जनगुनासोपछि हाललाई माथिल्लो भाडादरको […]

गोलभेँडालाई राम्रो मूल्य

सर्लाही, मङ्सिर १० गते । सर्लाहीका बजारमा स्थानीय किसानले उत्पादन गरेको गोलभेँडा भित्रिन थालेको छ । यस वर्ष गत असोज दोस्रो साताको भारी वर्षाका कारण गोलभेँडा फल्न ढिलो भएकाले ढिलो मात्र नयाँ उत्पादन आएको हो । अविरल वर्षाबाट गोलभेँडाको बोट जोगाउन सफल भएका किसानले भने अहिले बजारमा धमाधम बेच्न थालेका हुन् । बजारमा थोरै परिमाणमा […]

सान्जेनको विद्युत् उत्पादन सुरु

काठमाडौँ, मङ्सिर ९ गते । रसुवामा रहेको सान्जेन जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालेको छ । ४२.५ मेगावाटको सो आयोजना निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा २७० मेगावाटका चार वटा जलविद्युत् आयोजना बनिरहेकोमा […]

बजार अनुगमनले अधिकांश व्यापारिक फर्ममा कैफियत

काठमाडौँ, मङ्सिर ९ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमनले अधिकांश व्यापारिक फर्ममा कुनै न कुनै किसिमको कैफियत फेला परेको छ  । उपत्यकाभित्र गरिएको विभागको चाडपर्वलक्षित बजार अनुगमनले ९७ प्रतिशत र महानगरपालिकाले चाडपर्वका बेला अनुगमनका क्रममा पनि ९६ प्रतिशतमा समस्या देखाएको हो । विभागका अनुसार ८७९ वटा व्यवसायी […]

ठेकेदारको काम उपभोक्ता समितिबाट !

काठमाडौँ, मङ्सिर ९ गते । आर्थिक वर्ष २०७९/८० मा ७५३ स्थानीय तहमध्ये २०३ वटा स्थानीय तहले सार्वजनिक खरिद नियमावलीविपरीत विकास निर्माणका जटिल संरचना निर्माण गरेका छन् । महालेखाको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा २६९ वटा स्थानीय तहले मेसिनरी सामानको प्रयोग गरी उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गराएका छन् । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३२३ […]

‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’

नयाँदिल्ली, मङ्सिर ८ गते । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ । कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अदानी समूहका अध्यक्षसमेत रहनुभएका अदानीले र उहाँको समूहलाई आरोपले क्षणिकरुपमा क्षति पुर्याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने विश्लेषकहरुले […]

साइबर सुरक्षाप्रति सचेतना आवश्यक

विश्व समाज अहिले प्रविधिको युगमा छ । मानिसको जीवनलाई सरल र सहज बनाउन प्रविधिले ठुलो भूमिका खेलिरहेको छ । द्रुत गतिमा बढेको प्रविधि द्रुत गतिमा नै दुरुपयोगमा फसेको छ । प्रविधिको विकाससँगै, साइबर आक्रमणको आवृत्ति र परिष्कार डरलाग्दो दरमा बढ्दै गएको छ । विश्वका ठुला ठुला देशलाई पनि साइबर आक्रमणले गिज्याइरहेको छ । त्यस कारण […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल