काठमाडौँ, पुस २५ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर […]
काठमाडौँ, पुस ११ गते । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सञ्चालन भइरहेको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपमा बिहीबार दोस्रो चरणको खेल सम्पन्न भएका छन् । नेपाल बुद्धिचाल महासंघले आयोजना गरेको प्रतियोगितामा आयोजक ललितपुर स्पोर्ट्स क्लब, दुई पटकका विजेता थापाथली चेस पार्क, ललितपुर महानगरपालिका टिम, दोलखा जिल्ला बुद्धिचाल संघ र ललितपुरको महालक्ष्मी नगरपालिका चार अंकसहित अग्रस्थानमा रहेका छन्। […]
काठमाडौँ, पुस १० गते । योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज–२०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको सेमिफाइनल खेलमा नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जनको जोडी थाइल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडीसँग २१–१५, २१–१७ ले पराजित भएपनि नेपालले कांस्यमा चित्र […]
काठमाडौं, पुस ७ गते। सरकारले गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि राष्ट्रिय वनको ३.४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिनुभएको हो। पत्रकार सम्मेलनमा निर्णय सुनाउनुहुँदै प्रवक्ता गुरुङले भन्नुभयो, ‘गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माण […]
काठमाडौँ, पुस ६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ। साथै उहाँले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गर्नुभएको छ। शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले एनपिएल पहिलो […]
काठमाडौँ, मङ्सिर ३० गते । सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा रहँदै एक खेल अगाडि नै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले यसअघिनै प्लेअफ होडबाट बाहिरिएको पोखरा एभेन्जर्सलाई पाँच रनले हरायो । जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १० अङ्क बनाएको बनाएको छ । सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनाएको छ […]
काठमाडौँ, मङ्सिर ३० गते : विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो । पराजित विराटनगर यसअघिनै प्लेअफ होडबाट बाहिरिसकेको छ […]
काठमाडौं, मङ्सिर २९ गते : नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौंले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । यो जितसँगै काठमाडौं गुर्खाज प्लेअफ नजिक पुगेको छ । काठमाडौंको […]
काठमाडौँ, मङ्सिर २४ गते । सन् २०२७ मा साउदी अरबमा आयोजना हुने एसिया कप फुटबलको तेस्रो चरणको छनोट खेलमा नेपाल समूह ‘एफ’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह ‘एफ’ मा परेको हो । नेपालको समूहमा आयोजक मलेसिया, भियतनाम र लाओस रहेको छ । आगामी मार्चमा […]
काठमाडौं, मङ्सिर ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मङ्गलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत […]