काठमाडौँ, चैत १९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा, युके पाउन्ड […]
काठमाडौँ, चैत १९ गते । पछिल्लो समय भरिभराउ हुँदै आएको नेपाली सिनेमा घरमा फेरि दर्शकको चाप ‘न्यून’ देखिन थालेको छ । चलचित्र बजार ओरालो लाग्दा फागुनदेखि प्रदर्शनमा आएका धेरै चलचित्रलाई लगानी उठाउनसमेत हम्मे हम्मे परेको हल सञ्चालक बताउँछन् । ‘पूर्णबहादुरको सारङ्गी’ चलेपछि हलवालामा आशाको सञ्चार उत्पन्न भएको थियो तर त्यसयता प्रदर्शनमा आएका अधिकांश चलचित्रको व्यापारिक […]
काठमाडौँ, चैत १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना तथा प्रविधिलाई उद्योगका रूपमा स्थापित गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ । त्यसै गरी आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै स्थानीय निकायलाई ‘ब्रोडब्यान्ड कनेक्टिभिटी’ द्वारा जोड्ने उहाँले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र एसिया प्यासिफिक टेलिकम्युनिटी (एपिटी) […]
काठमाडौँ, चैत १९ गते । पछिल्लो चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपियाँसम्म बढेको छ । नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँ बढेको छ । गएको पुसमा प्रतिलिटर ३७० रुपियाँमा कारोबार भएको […]
काठमाडौँ, चैत १९ गते । सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि एकाइका रूपमा स्थापित अनुसन्धनात्मक प्रणाली (गोएएमएल) मा आबद्ध अनुसन्धानकारी निकाय र नियामक निकायको सङ्ख्या एक हजार ६३९ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको विवरण अनुसार, अनुसन्धानकारी निकाय र नियामक निकायको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको हो […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला । साथै उपचारका लागि खर्च हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, […]
काठमाडौं, चैत १८ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरुभएको छ । आजको बैठकले प्रधानमन्त्रीको मंगलबारदेखि हुने थाइल्याण्ड भ्रमण र गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजक तथा सविन महर्जनका बारेमा केही निर्णय लिने आशा गरिएको छ । प्रायः हरेक सोमबार बस्ने मन्त्रिपरिषदको बैठकलाई नियमित बैठक भनिएको छ । […]
काठमाडौँ, चैत १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो । प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन […]
कीर्तिपुर (काठमाडौँ), चैत १८ गते । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी हुनुभएको छ । कुल खसेको तीन हजार १०८ मतमध्ये उहाँले ७८९ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गर्नुभएको थियो । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ […]
काठमाडौँ, चैत १८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]