बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं, चैत १८ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरुभएको छ । आजको बैठकले प्रधानमन्त्रीको मंगलबारदेखि हुने थाइल्याण्ड भ्रमण र गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजक तथा सविन महर्जनका बारेमा केही निर्णय लिने आशा गरिएको छ । प्रायः हरेक सोमबार बस्ने मन्त्रिपरिषदको बैठकलाई नियमित बैठक भनिएको छ । […]

राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण

काठमाडौँ, चैत १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट  पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो । प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन […]

कीर्तिपुर केन्द्रीय क्याम्पसमा नेविसङ्घका जोशी निर्वाचित

कीर्तिपुर (काठमाडौँ), चैत १८ गते ।  त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी हुनुभएको छ । कुल खसेको तीन हजार १०८ मतमध्ये उहाँले ७८९ मत प्राप्त गर्नुभएको थियो  । उहाँका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गर्नुभएको थियो । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ […]

यस्तो छ सागसब्जी र फलफूलको आजको थोक मूल्य

काठमाडौँ, चैत १८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]

तत्काल स्थायी सेवा पदपूर्ति नगर्न आदेश

लेखनाथ, चैत १८ गते । गण्डकी विश्वविद्यालयमा अहिले करारमा कार्यरत ७८ शिक्षक तथा कर्मचारीलाई स्थायी नियुक्तिको प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतका उपरजिस्ट्रार नीलप्रसाद पनेरूले अधिवक्ता मनोज घर्तीमगरले दायर गरेको रिटमा अहिले प्रक्रिया अल्पकालीन अन्तरिम […]

प्रतिलिपि नागरिकता बनाउने धेरै

तम्घास, चैत १८ गते ।  गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने बढी रहेका छन् । गत आइतबारदेखि शुक्रबारसम्म प्रशासनको अभिलेख अनुसार एक सातामा १३० जनाले नयाँ नागरिकता लिएका छन् भने १८१ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक साताको अवधिमा नयाँ र प्रतिलिपि गरेर नागरिकता बनाउनेको सङ्ख्या […]

काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन

गण्डकी, चैत  १८ गते ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्षको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा उहाँले काम नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण सुरु गराउन पहल गर्न निर्देशन दिनुभयो […]

ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छः सभापति शेरबहादुर देउवा

काठमाडौँ, चैत १८ गते ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद–उल–फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको बताउनुभएको छ । सभापति देउवाले आज ईद–उल–फित्रका अवसरमा शुभकामना सन्देश दिँदै ईद पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल बहुजातीय, बहुभाषिक, […]

अराजकको संयुक्त प्रतिवाद

काठमाडौँ, चैत १८ गते । नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रतिगामी समूहले अराजनीतिक र अराजक सडक प्रदर्शन गरिरहँदा गणतन्त्र पक्षधर सबै राजनीतिक दलले एकै ठाउँमा उभिएर यसलाई प्रतिवाद गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार सम्पन्न गणतन्त्र पक्षधर राजनीतिक दलको बैठकले पछिल्लो समय जारी अराजक […]

२०८१ चैत १८ गते – 31, March , 2025 , सोमवार , यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नँया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनुपर्ने दिन छ । वृष ( इ, उ, ए, ओ, वा, वि, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल