हत्यामा सङ्लग्न १६ जना पक्राउ

काठमाडौं, चैत १२ गते । प्रहरीले अभय भन्ने अबे तामाङ हत्या प्रकरणमा सङ्लग्न १६ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार २०८१ चैत ११ गते बेलुका साढे सात बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. १४ खड्कागाउँस्थित सडकखण्डमा दुई समूहबिच पुरानो रिसिइबीलाई झगडा हुँदा सो घटना घटेको […]

मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)

काठमाडौँ, चैत १२ गते।  सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् २७ निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यरलाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी […]

पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्छ : मन्त्री शाही

बर्लिन (जमनी), चैत १२ गते ।  विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तर्राष्ट्रिय सहकार्यको महत्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सबर्ग क्लाइमेट डाइलग’ आयोजना गर्दै आएको छ। विशेष गरी जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल […]

विद्युतीय गाडी दुर्घटनामा चार विद्यार्थी घाइते, चालक फरार

दुल्लु, चैत १२ गते । दैलेखमा विद्युतीय गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन् । दैलेख सदरमुकामबाट आठबीस नगरपालिका जादैँ गरेको कर्णाली प्रदेश ०२–००१ ज ०६२१ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । दुर्घटनामा परी घाइते हुने सबै विद्यार्थी हुन् । आज भएको विज्ञान विषयको पुरक परीक्षा दिएर घर फर्कंदै गरेका चारजना […]

इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

बेरुत, जेरुसेलम, चैत १२ गते ।  लेबनानको नाबातीहमा मङ्गलबार भएको आक्रमणमा हेजबुल्लाहको एक वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ । “एक इजरायली ड्रोनले काकैयत अल–जिसर गाउँमा मिसाइल प्रहार गर्यो, जसमा एक व्यक्तिको मृत्यु भयो,” स्रोतले सिन्ह्वालाई बताएको छ । नागरिक रक्षा टोलीहरूले नाबाटीहको अस्पतालमा पु¥याएको शव हिज्बुल्लाह सैन्य कमाण्डर हसन कमाल हलावीको […]

बोलेरो दुर्घटनामा आठजना घाइते

कालीकोट, चैत १२ गते । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ३ डाडामाडुमा बोलेरो दुर्घटना भएको छ ।  सुर्खेतबाट कुमालगाउँ कालीकोटतर्फ आउँदै गरेको बोलेरो दुर्घटनामा आठ जना घाइते भएका छन् । क.प्र.०२००२ च ०७०७ नम्बरको डबलक्याप बोलेरो ब्याक गर्ने क्रममा सडकदेखि अन्दाजी २० मिटर तल खसेर दुर्घटना  भएको प्रहरीले जनाएको छ ।  घटना स्थलमा प्रहरी नायब निरीक्षक जयाल […]

फोहोर व्यवस्थापनमा नमुना नगर बन्दै तिलोत्तमा

तिनाउ (रुपन्देही), चैत १२ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहज रुपमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।जिल्लाका अन्य पालिकामा फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनिरहेका बेला तिलोत्तमा नगरपालिकाले भने विभिन्न तरिकाले व्यवस्थापन गर्दै आएको छ । घर तथा उद्योग प्रतिष्ठानबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर सङ्कलन गर्दै आएको नगरपालिकाले सङ्कलित फोहोरबाट मोहर कमाउदै आएको छ । […]

विद्युतीय ‘सर्ट सर्किट’ ले बढ्दै छ आगलागी

सुर्खेत, चैत १२ गते । गत बुधबार रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, सेरीगाउँमा आगलागी भयो । सुरक्षाकर्मीसहितको उद्धार टोलीले आगो नियन्त्रणमा लिएकाले ठुलो मानवीय क्षति हुनबाट भने जोगिएको छ । आगलागीबाट करिब १८ लाख रुपियाँको क्षति भएको प्रहरीको अनुमान छ । विद्युतीय तार सर्ट हुँदा स्थानीय कृष्ण बुढाको दुईतले कच्ची घरमा आगलागी भएको थियो । उक्त आगलागीबाट […]

प्रधानमन्त्री रोजगार कार्यक्रमः नमोबुद्धमा तालिम

काभ्रेपलाञ्चोक, चैत १२  गते । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ ।  अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने प्लम्बिङ र डकर्मी तालिमको व्यवस्था भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत सशर्त अनुदान शीर्षकमा विनियोजित कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालन […]

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोट, चैत १२ गते ।  कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्रशंसा नगरेको भन्दै नियमविपरीत सरुवा गरेको आरोप लगाइएको छ । नगरप्रमुख गाउँमा हिँड्दा, विद्यालयमा जाँदा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगरेको भन्दै शिक्षक बराललाई सरुवा गरेको पाइएको हो । शिक्षक बरालले आफूहरूले व्यक्तिगत प्रशंसा गर्न नसकेको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल