फोहोर व्यवस्थापनमा नमुना नगर बन्दै तिलोत्तमा

तिनाउ (रुपन्देही), चैत १२ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहज रुपमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।जिल्लाका अन्य पालिकामा फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनिरहेका बेला तिलोत्तमा नगरपालिकाले भने विभिन्न तरिकाले व्यवस्थापन गर्दै आएको छ । घर तथा उद्योग प्रतिष्ठानबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर सङ्कलन गर्दै आएको नगरपालिकाले सङ्कलित फोहोरबाट मोहर कमाउदै आएको छ । […]

विद्युतीय ‘सर्ट सर्किट’ ले बढ्दै छ आगलागी

सुर्खेत, चैत १२ गते । गत बुधबार रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, सेरीगाउँमा आगलागी भयो । सुरक्षाकर्मीसहितको उद्धार टोलीले आगो नियन्त्रणमा लिएकाले ठुलो मानवीय क्षति हुनबाट भने जोगिएको छ । आगलागीबाट करिब १८ लाख रुपियाँको क्षति भएको प्रहरीको अनुमान छ । विद्युतीय तार सर्ट हुँदा स्थानीय कृष्ण बुढाको दुईतले कच्ची घरमा आगलागी भएको थियो । उक्त आगलागीबाट […]

प्रधानमन्त्री रोजगार कार्यक्रमः नमोबुद्धमा तालिम

काभ्रेपलाञ्चोक, चैत १२  गते । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ ।  अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने प्लम्बिङ र डकर्मी तालिमको व्यवस्था भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत सशर्त अनुदान शीर्षकमा विनियोजित कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालन […]

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोट, चैत १२ गते ।  कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्रशंसा नगरेको भन्दै नियमविपरीत सरुवा गरेको आरोप लगाइएको छ । नगरप्रमुख गाउँमा हिँड्दा, विद्यालयमा जाँदा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगरेको भन्दै शिक्षक बराललाई सरुवा गरेको पाइएको हो । शिक्षक बरालले आफूहरूले व्यक्तिगत प्रशंसा गर्न नसकेको […]

पुल नहुँदा जोखिमपूर्ण यात्रा

तम्घास, चैत १२ गते । कालीगण्डकी कोरिडोरमा पुल नहुँदा सवारीसाधन र यात्रुले सास्ती भोग्दै आएका छन् । कालीगण्डकी कोरिडोर अन्तर्गत गुल्मीको रिडी–हर्मीचौर सडकखण्डमा पर्ने दिहिङखोला र बडहरेखोलामा पुल नहुँदा सवारीसाधनका साथै यात्रुले सास्ती खेप्नु परेको हो । वर्षायामको समयमा खोलामा पानीको बहाव बढ्ने र हिउँदको समयमा ढुङ्गासहितको गेग्य्रान हुने हुँदा सवारी चलाउन समस्या हुने गरेको सवारीचालक लोकबहादुर […]

चार दिदीबहिनीले सुरु गरे सात हिमालको आरोहण

दोलखा, चैत १२ गते ।  हिमआरोहीको गाउँ भनेर चिनिने दोलखाको गौरीशङ्कर गाउँपालिका–९ बेदिङका एक शेर्पा घरपरिवारका चार दिदीबहिनीले सात महादेशका सात वटा अग्ला हिमालको आरोहण गर्न सुरु गरेका छन् । स्व. दोर्जी शेर्पा तथा रिन्जिनडोमा शेर्पाका सुपुत्रीहरु छिरी आङजुम, निमा जाङमु, छिरिङ नामया र दावाफुटी शेर्पाले सात समिट शिखर आरोहण गर्न लाग्नुभएको हो । उहाँहरुले […]

प्लाई उद्योगमा आगलागी : ३२ घण्टा बित्दा पनि आएन नियन्त्रणमा

घोराही, चैत १२ गते ।  दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको गणपति भेनियर तथा साङ्ग्रीला प्लाई उद्योगमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । उद्योगमा आगलागी भएको करिब ३२ घण्टा बितिसक्दा पनि आगलागी पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनभएको छ । उहाँका अनुसार आगो करिब ९० प्रतिशत नियन्त्रणमा रहे […]

गुल्मीमा २४ जना स्थायी शिक्षक नियुक्ति

गुल्मी, चैत ११ गते ।  गुल्मीमा प्राथमिक तहका २४ जना स्थायी शिक्षक नियुक्ति भएका छन् । जिल्लाका लागि शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका स्थायी शिक्षकहरूलाई नियुक्ति गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका शिक्षकहरूलाई नियुक्ति पत्र प्रदान गरेको छ । नियुक्त हुनुभएका शिक्षकहरू १८ जना महिला […]

नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु

पश्चिम नवलपरासी, चैत ११ ।  हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गएको पश्चिम नवलपरासीमा १३ जनाको मृत्यु भएको छ । दुई वर्ष अगाडि क्षयरोग पहिचान भएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु भएका सबै वृद्ध अवस्थाका व्यक्ति हुन् । क्षयरोग लागेको ढिलो पहिचान भई उपचारको दायरामा आउन नसक्दा उनीहरूको मृत्यु भएको […]

देशभरका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं, चैत ११ गते । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिमा उल्लेख छ । महाशाखाका अनुसार ताप्लेजुङ, जिरी, विराटनगरलगायतका सहरमा हल्का पानी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल