नारायणीमा डुबेर दिदीभाइ बेपत्ता

नवलपुर, चैत २७ गते । नवलपुरको गैडाकोट नगरपालिका–१ ब्रिटिश पेन्सन क्याम्पनजिकै नारायणी नदीमा बेपत्ता भएका दिदीभाइ अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार मंगलबार साँझ ६ बजेतिर बाग्लुङ जिल्ला घर भई हाल गैडाकोट –१ ब्रिटिस क्याम्प निवासी १३ बर्षीया दिदी दीक्षा सेर्पुञ्जा र ९ बर्षीय भाइ स्वप्निल […]

फस्टाउँदै महीको बजार

काठमाडौँ, चैत २७ गते । पछिल्लो समय महीको लोकप्रियता बढेर बजारको प्रिय वस्तु बन्न थालेको छ । महीको खपत बढ्नुका साथै बजारसमेत फस्टाउँदै गएको छ । विभिन्न डेरी उद्योगले महीको लेबलिङ र प्याकेजिङ गरेर बजारमा बेच्न थालेपछि बजार फस्टाउँदै गएको हो । मही गर्मी मौसम स्वास्थ्यका लागि लाभदायक रहेकाले मही उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ […]

किसानको सोच बदल्ने कृषि आयोजना

मर्चवार (रुपन्देही), चैत २७ गते । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ निवासी प्रभु यादव चार वर्षअघि बिउ खरिद गर्न नजिकै रहेको भारतीय बजारमा पुग्ने गर्नुहुन्थ्यो । यादव सम्झनुहुन्छ, “बोरामा बिउ लिएर फर्कंदा भारतीय सीमा सुरक्षा बलको ज्यादती धेरै पटक भोगेका छौँ ।” यस्तै अनुभव कोटहीमाई गाउँपालिका–५ निवासी कृषक सुभाषचन्द्र यादवको समेत छ । यादव पनि गहुँको बिउ […]

जयगढबजार आगलागी : सात करोड बढीको क्षति अनुमान

अछाम, चैत २७ गते । घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको जयगढ बजारमा ७ करोड रुपियाँभन्दा बढी क्षति भएको आँकलन गरिएको छ । जयगढ बजारमा रहेका २७ वटा घरपसल, सामग्री गरेर ७ करोडभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब परीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । आगलागीमा ढुंगामाटोका १०, जस्तापाताका […]

२०८१ चैत २७ गते – 09, April, 2025 , बुधवार , यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विशेष सभा–समारोहमा भाग लिने अवसर मिल्नेछ । मानसम्मान प्राप्त हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । साना व्यक्तिको सहयोगबाट ठूला उपलब्धि हासिल गर्न सकिनेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । कामको जिम्मेवारी पनि बढ्नेछ । वृष ( इ, उ, ए, […]

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ, चैत २६ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले महत्त्वपूर्ण १३ निर्णय गरेको छ । सरकारले चैत २८ र २९ गते काठमाडौंमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि […]

२०८१ चैत २६ गते – 08, April, 2025, मंगलवार , यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिन तपाईंको लागि कीर्तिमानी काम सम्पादन हुने अवसर ल्याउनेछ । विभिन्न अवसरहरूको फाइदा लिन सकिनेछ । यद्यपि, नयाँ कामको शुरुवात खासै राम्रो नहुन सक्छ र कार्यमा केही हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय हुनेछ र टाढिएका आफन्तहरू नजिकिनेछन् । वृष ( […]

मातृ तथा शिशु मृत्युदर घटाउन अभियान

तानसेन, चैत २५ गते ।  लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर बढिरहेकाले त्यसलाई घटाउन प्रदेश सरकारले पाल्पासहित तीन जिल्लाबाट अभियानको थालेको हो । मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर दुई अङ्कबाट एकल अङ्कमा झार्ने प्रदेश स्वास्थ्य मन्त्रालयको योजना छ । सोही योजना अनुसार पारिवारिक विवरण तयार […]

गैंटीले खनेको ग्वाल्लेक सडक कालोपत्रे

बैतडी, चैत २५ गते । स्थानीयवासीले गैंटी, कोदालो र सम्बल प्रयोग गरी तीन वर्षमा निर्माण गरेको ३२ किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रे गरिदिएको छ । गैंटी र सम्बल चलाएर तीन वर्षमा सडक निर्माण हुन सक्छ भनेर कसैले पत्याएका थिएनन् । सड पूरा भएपछि अहिले सरर मोटर गाडी चल्न थालेका छन् । जर्मन सहयोग नियोग […]

सिकार खेल्न आइपुगे विदेशी सिकारी

बागलुङ, चैत २५ गते ।  ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न वर्षको दुई पटक विदेशी सिकारी नेपाल आउने गर्छन् । यस वर्ष फागुन–चैतको दोस्रो सिकारयाम सुरु भएसँगै ढोरपाटनमा विदेशी सिकारी आउने क्रम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेलको सिकार हुने छ । यो यामका लागि छ कम्पनीबाट पाँच देशका १५ जना पेसेवर […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल