काठमाडौँ, चैत ८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड […]
कर्णाली, चैत ८ गते । ‘दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्न बनेको विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको आजको बसेको २३औँ बैठकबाट उक्त विधेयक पारित भएको हो । सभामुख नन्दा गुरुङले विधेयक पारितका लागि सदनमा प्रस्ताव गर्न समय दिएपछि कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सामाजिक […]
म्याग्दी (दरबाङ) , चैत ७ गते । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा बिहीबार साँझ करिब पाँच बजेको समयमा ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा […]
काठमाडौँ, चैत ८ गते । आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवस अन्तरराष्ट्रिय वन दिवस, विश्व कविता दिवस अन्तरराष्ट्रिय नौरोज […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, […]
काठमाडौँ, चैत ७ गते । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो […]
बैतडी, चैत ७ गते । कुनै बेला कालिगडको किल्ला भनेर चिनिने बैतडी सदरमुकामको बबेत गाउँमा अहिले कलात्मक खोलदेली भएका घर निर्माण गर्न सक्ने ८५ वर्षीय ज्येष्ठ नागरिक अन्तराम वडबाहेक नयाँ पुस्ताका कोही छैनन् । मौलिक घर, पुरातात्त्विक देवस्थल, दरबारमा उपयोग भएका दर्जनौँ सिप पुस्तान्तरण हुन नसक्दा हराउने अवस्थामा पुगेका छन् । खोलदेली भएका घर र मन्दिर निर्माणका […]
काठमाडौँ, चैत ७ गते । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तरराष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो । संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो । यो दिवस […]
अत्तरिया, चैत ७ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–५, काँडामाण्डौस्थित नवप्रभात आधारभूत विद्यालयमा विद्यार्थी बर्सौंदेखि खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षाकोठाको अभाव भएपछि विद्यार्थीलाई नजिकै रहेको मालिका मन्दिरको प्राङ्गणमा अध्यापन गराउनु परेको विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले बताउनुभयो । २०४५ सालमा विद्यालयको स्थापना भए पनि हालसम्म विद्यालयमा आवश्यकता अनुसार भवन नभएको जोशीले बताउनुभयो । ९२ विद्यार्थी […]
काठमाडौँ, चैत ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)देखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा पाँच लाख विद्यार्थी सहभागी हुने छन् । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुदैछ । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका […]