जिल्लाका सात वटा क्याम्पसमा निर्वाचन हुने

हेटौँडा, चैत ४ गते : मकवानपुर जिल्लाका विभिन्न क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी तिव्र बनाइएको छ । त्रिभुवन विश्वविद्यालयका जिल्लामा रहेका आंगिक र सम्बन्धन प्राप्त गरी सात वटा क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । आसन्न स्ववियु निर्वाचनलाई शान्त, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका मकवानपुरका प्रमुख […]

रामेछापमा फोर्स गाडी दुर्घटना : आठ जना घाइते

रामेछाप, चैत ४ गते ; रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा फोर्स गाडी दुर्घटना भएको छ । सोमबार बिहानी भारतको जयपुर हिँडेको भारतीय नम्बर प्लेटको आर.जे १४ टि.डि ८६८७ नम्बरको फोर्स गाडी खिम्तीको छत्तिउने खोला नजिर्क दुर्घटना भएको जिल्ला ट्राफक प्रहरी कार्यालय रामेछापका प्रमुख दिपक चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ८ जना सामान्य घाइते भएका छन् […]

हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित

हुम्ला, चैत ४ गते : हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित भएका छन् । सरकारले देशैभरका किशोरीहरूमा खोप लगाउने गरी अभियान सञ्चालन गरे पनि यहाँ खोप लगाइएन । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँमा राष्ट्रिय अभियानका रूपमा सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ( एचपिभी ) सञ्चालन हुन सकेको छैन । लिमी जाने दुई वटा […]

पानी माग्दै किसानले गरे नदीमा पूजा

ताप्लेजुङ, चैत ३ गते । ताप्लेजुङका किसानले पानी माग्दै तमोर नदीमा पूजा आयोजना गरेका छन् । पानी नपरेर खडेरीको समय लम्बिँदै गएपछि किसानले तमोर नदीमा इन्द्र भगवानको पूजा गरेका हुन् । इन्द्र भगवानको पूजा गरेमा पानी पर्ने विश्वासहित आठराई त्रिबेणी गाउँपालिका –२ फूलबारीका किसानले तमोर नदीमा पूजा आयोजना गरेका हुन् । तमोर नदी र काबेली […]

आँखा उपचारमा पहुँच बढाउन मन्त्रालय र तिलगंगा प्रतिष्ठानको सम्झौता

काठमाडौँ, चैत ३ गते। आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो। सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले […]

मङ्गलबारदेखि पोखरा–छेन्दु नियमित उडान

काठमाडौँ, चैत ३ गते ।  नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने जानकारी पर्यटन बोर्डले दिएको छ । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई […]

गण्डकी खेलकुदको राजधानी बन्न सक्छ: सञ्चारमन्त्री गुरुङ

कास्की, चैत ३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश खेलकुदको राजधानी बन्न सक्ने बताउनुभएको छ । पोखराको भण्डारढिकमा आयोजना गरिएको सूर्यतारा खेल महोत्सवको समापनको अवसरमा बोल्दै उहाँले गण्डकी प्रदेशमा खेलकुद पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । “गण्डकी खेलकुदको राजधानी बन्न सक्छ,”उहाँले भन्नुभयो,“ खेलकुदको पूर्वाधार निर्माणमा गण्डकीपछि परेको छ, अब […]

एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु

कञ्चनपुर,  चैत ३ गते ।  शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाउनुभएको छ । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाउनुभएको हो । पहिलो पटक उहाँले ‘कोमल कार्प’ नामक जातको आलुखेती गर्नुभएको छ । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दङ्ग पर्नुभएको छ । “आलुसम्बन्धी […]

हावाहुरीले पु-याएको क्षतिको लगत सङ्कलन सुरु

हेटौँडा, चैत २ गते  । मकवानपुरको थाहा नगरपालिकामा असिनापानीसहित आएको हावाहुरीका कारण विभिन्न वडामा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ । असिनापानीसहित बिहीबार साँझ आएको हावाहुरीले घरगोठसहित तरकारी खेतीका लागि बनाएको टनेलमा क्षति पु-याएको थियो । थाहा नगरपालिकाका प्रवक्ता हिरेन्द्रकुमार रायमाझीले असिनापानीसहित आएको हावाहुरीले पालिकाका विभिन्न वडामा स्थानीयको घरगोठ र तरकारीबालीमा क्षति पु-याएको लगत विवरण […]

होली खेल्ने क्रममा छुरा प्रहार, एक युवकको मृत्यु

जनकपुरधाम, चैत ३ गते ।  जनकपुरधाममा होली खेल्ने क्रममा विवाद बढ्दा एक युवकको छुरा प्रहारबाट मृत्यु भएको छ । शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा होली खेल्ने क्रममा केही युवकहरू बिचको विवादमा २१ वर्षीय धर्मेन्द्र महताले १९ वर्षीय आँसु यादवमाथि छुरा प्रहार गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिवार साँझ होली […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल