इलाम, चैत ४ गते । चैत ७ गतेदेखि सुुरु हुने यो वर्षको एसअइई परीक्षामा सहभागी हुुने विद्यार्थीलाई इलाममा विद्यालय पोशाक अनिवार्य गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले आज जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्राचार गर्दै विद्यार्थीलाई विद्यालय पोशाक अनिवार्य भएको सूचना गरेको हो । इकाइ प्रमुख शालिग्राम दाहालले पठाउनुु भएको पत्रमा परीक्षा आचारसंहिता […]
पाटन (ललितपुर), चैत ४ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । कांग्रेस सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उहाँले सङ्घीयता कार्यान्वयन गर्दा जनताप्रति उत्तरदायी भई हरेक सुख दुःखमा साथ दिने कुरामा […]
कञ्चनपुर, चैत ४ गते : परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ । घघँरिया, अँगिया, फतुई, उढनीयालगायत आकर्षक तरिकाले घरमै हातले बुनेका परम्परागत पहिरन लगाएर होलीमा नृत्य गरेको सम्झना उहाँ गर्नुहुन्छ । त्यसबेला शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार […]
इलाम, चैत ४ गते : इलामको सूर्योदय नगरपालिकामा आजदेखि राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता वितरणको काम थालिएको छ । आज एक कार्यक्रमबिच सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले राष्ट्रिय परिचयपत्रको दर्ता स्टेशनको उदघाटन गर्नुभयो । आजैदेखि सूूर्योदय –२ पशुपतिनगरमा रहेको सीमा प्रशासन कार्यालयबाट नगरपालिकाका १४ वटै वडाका नागरिकलाई नागरिकता दिन […]
हेटौँडा, चैत ४ गते : मकवानपुर जिल्लाका विभिन्न क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी तिव्र बनाइएको छ । त्रिभुवन विश्वविद्यालयका जिल्लामा रहेका आंगिक र सम्बन्धन प्राप्त गरी सात वटा क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । आसन्न स्ववियु निर्वाचनलाई शान्त, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका मकवानपुरका प्रमुख […]
रामेछाप, चैत ४ गते ; रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा फोर्स गाडी दुर्घटना भएको छ । सोमबार बिहानी भारतको जयपुर हिँडेको भारतीय नम्बर प्लेटको आर.जे १४ टि.डि ८६८७ नम्बरको फोर्स गाडी खिम्तीको छत्तिउने खोला नजिर्क दुर्घटना भएको जिल्ला ट्राफक प्रहरी कार्यालय रामेछापका प्रमुख दिपक चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ८ जना सामान्य घाइते भएका छन् […]
हुम्ला, चैत ४ गते : हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित भएका छन् । सरकारले देशैभरका किशोरीहरूमा खोप लगाउने गरी अभियान सञ्चालन गरे पनि यहाँ खोप लगाइएन । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँमा राष्ट्रिय अभियानका रूपमा सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ( एचपिभी ) सञ्चालन हुन सकेको छैन । लिमी जाने दुई वटा […]
ताप्लेजुङ, चैत ३ गते । ताप्लेजुङका किसानले पानी माग्दै तमोर नदीमा पूजा आयोजना गरेका छन् । पानी नपरेर खडेरीको समय लम्बिँदै गएपछि किसानले तमोर नदीमा इन्द्र भगवानको पूजा गरेका हुन् । इन्द्र भगवानको पूजा गरेमा पानी पर्ने विश्वासहित आठराई त्रिबेणी गाउँपालिका –२ फूलबारीका किसानले तमोर नदीमा पूजा आयोजना गरेका हुन् । तमोर नदी र काबेली […]
काठमाडौँ, चैत ३ गते। आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो। सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले […]
काठमाडौँ, चैत ३ गते । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने जानकारी पर्यटन बोर्डले दिएको छ । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई […]