वालिङ (स्याङ्जा), २० भदौ : स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलायसिस सेन्टर, प्रसूतिगृह तथा आकस्मिक दुर्घटनाका बिरामीलाई सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले […]
चितवन, २० भदौ : पुर्खाैँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् । चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका एक सय आठ परिवार अहिले खोला र वनजङ्गलको विकल्पको खोजीमा जुटेका हुन् । खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक […]
पाटन (ललितपुर), २० भदौ : ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी […]
फुङ्लिङ (ताप्लेजुङ), १९ भदौ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख […]
इनरुवा (सुनसरी), १९ भदौ : सुनसरी दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण समेत गरेको छ । रु सात करोडको लगानीमा दुई बिघा दुई कट्ठा क्षेत्रफलमा नगरपालिकाले निर्माण गरेको आवासीय बस्तीमा ती समुदायका ८० परिवार बस्नेछन् । दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण […]
काठमाडौँ, १९ भदौ : हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गर्नुभएको थियो । गुनासोपछि तत्कालै शिक्षण […]
काठमाडौँ, १९ भदौ : भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा […]
भरतपुर (चितवन), १९ भदौ : चितवनको भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम सुरु गरिएको हो । भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलालाई कौशी खेतीसम्बन्धी आधारभूत प्राविधिक ज्ञान […]
म्याग्दी, १८ भदौ ः म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन हुन थालेको छ । अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले […]
गण्डकी, १८ भदौ ः गण्डकीलाई ‘पूर्ण संस्थागत सुत्केरी’ सुनिश्चितता भएको प्रदेश घोषणाका लागि विशेष अभियान थालिने भएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आउन सक्ने जटिलता न्यूनीकरण गर्न स्वास्थ्य सेवा र निगरानीको पहुँच अभिवृद्धि गरिने भएको हो । पछिल्लो जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षणले गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुने दर ९६ प्रतिशत देखाएको छ । गण्डकी […]