फिदिम, माघ १८ गते । फिदिम नगरपालिका २ बैरङगीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । बिहीबार बिष्णु श्रेष्ठको अलैचीबारीमा अन्दाजी ५५/६० वर्षीय आर्यन मुलको जस्तो देखिने मानिसको शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शव गृहमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका […]
बनियानी (झापा), माघ १५ गते । जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो । बीउ वितरक फार्म (एग्रो)का प्रमुख मानप्रकाश सङ्ग्रौलाले दुई हजार चार सय किलो धानको बीउ […]
काठमाडौँ, माघ १५ गते । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८, गरामनीका पारसप्रकाश पौडेल रातभरि जागै बसेर केराको बगैँचा रुँघ्नुहुन्छ । सात लाख रुपियाँभन्दा बढी लगानी गरेर थालेको व्यावसायिक केरा खेती हात्तीले ध्वस्त पार्न थालेपछि उहाँको बास केराको बगैँचामै हुने गरेको हो । उहाँका अनुसार साँझ परेपछि चार/पाँच वटासम्म हात्ती गाउँ पसेर कृषकले लगाएको बाली नष्ट गर्छन् । […]
काठमाडौँ, माघ १२ गते । सेवाग्राहीको सहयोगका लागि सरकारी कार्यालयहरूमा स्थापना गर्नुपर्ने सहायता कक्ष अधिकांश सरकारी कार्यालयमा नरहेको पाइएको छ । सहायता कक्ष राखिएका कार्यालयमा पनि कर्मचारी नै बस्दैनन् । कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरू कुन कोठामा कसलाई भेट्ने भन्ने अन्योलमा पर्छन् । यस्तो अलमलले कतिपय सेवाग्राहीलाई थप पीडा पुग्ने गर्छ । सम्बन्धित अधिकारी नभेट्दा […]
काठमाडौं ,माघ ८ गते। शंखरापुर नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा ‘शंखरापुर सक्व महोत्सव २०८१’ आयोजना हुने भएको छ । शंखरापुर नगरका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठका अनुसार आउँदो माघ १६ गतेदेखि १९ गतेसम्म प्राचीन सम्पदा बस्तीमा शंखरापुर सक्व महोत्सव २०८१ हुनेछ । उहाँका अनुसार, महोत्सवको […]
जाजरकोट, माघ ६ गते । यहाँको छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले आफूले पाउने सेवा सुविधा गरिब, विपन्न आर्थिक अवस्था कमजोर भएका बालबालिकाको पढाइ खर्चमा लगाउनुभएको छ । स्थानीय तहको निर्वाचनमा छेडागाड नगरपालिकाको प्रमुखको जिम्मेवारीमा आएपछि पदभार ग्रहणका क्रममा घोषणा गरे अनुसार आफूले पाउने सेवासुविधा विपन्न र जेहेनदार बालबालिकाको पढाइमा खर्च गर्नुभएको हो । खड्काले नगरपालिकाका प्रमुखले पाउने […]
नवलपुर (नवलपरासी), माघ २ गते । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ । समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको […]
सल्यान, पुस १२ गते । यहाँका स्थानीय तहले बालविवाह रोकथामका लागि रणनीतिक योजना बनाउन थालेका छन् । बालविवाहलाई सरकारले कानुनी रूपमा निषेध गरे पनि बालविवाह हुने क्रम रोकिएको छैन । बालविवाह बढेपछि अन्त्यका लागि रणनीति बनाउन लागेको स्थानीय तहले जनाएका छन् । १० स्थानीय तहमध्ये जिल्लमा तीन वटाले यही पुस १५ भित्र रणनीतिक योजना बनाइसक्ने […]
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने संवैधानिक व्यवस्था छ । नेपालको राज्यशक्तिको प्रयोग यिनै तीन तहले संविधान तथा कानुनबमोजिम गर्ने प्रावधान छ । संविधानको अनुसूची–८ र ९ मा उल्लिखित विषय क्रमशः स्थानीय तहको एकल अधिकार तथा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार अनुसार राज्यशक्तिको बाँडफाँट गरिएको […]
काठमाडौँ, पुस ७ गते। धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीसहित आठ जनाविरुद्ध दश लाख ८९ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७६/७७ मा धादिङको रुवीभ्याली गाउँपालिका वडा नं। ४ बोराङस्थित पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माणको कार्यमा सो भ्रष्टाचार भएको देखिएको […]