साँखुमा शंखरापुर सक्व महोत्सव हुने

काठमाडौं ,माघ ८ गते। शंखरापुर नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा ‘शंखरापुर सक्व महोत्सव २०८१’ आयोजना हुने भएको छ । शंखरापुर नगरका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठका अनुसार आउँदो माघ १६ गतेदेखि १९ गतेसम्म प्राचीन सम्पदा बस्तीमा शंखरापुर सक्व महोत्सव २०८१ हुनेछ । उहाँका अनुसार, महोत्सवको […]

प्रमुखको पारिश्रमिक बालबालिकाको पढाइमा

जाजरकोट, माघ ६ गते । यहाँको छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले आफूले पाउने सेवा सुविधा गरिब, विपन्न आर्थिक अवस्था कमजोर भएका बालबालिकाको पढाइ खर्चमा लगाउनुभएको छ । स्थानीय तहको निर्वाचनमा छेडागाड नगरपालिकाको प्रमुखको जिम्मेवारीमा आएपछि  पदभार ग्रहणका क्रममा घोषणा गरे अनुसार आफूले पाउने सेवासुविधा विपन्न र जेहेनदार बालबालिकाको पढाइमा खर्च गर्नुभएको हो । खड्काले नगरपालिकाका प्रमुखले पाउने […]

सामाजिक सञ्जालको सदुपयोग गर्दा…

नवलपुर (नवलपरासी), माघ २ गते ।  सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ । समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको […]

बालविवाह रोक्न रणनीति बनाउँदै स्थानीय तह

सल्यान, पुस १२ गते । यहाँका स्थानीय तहले बालविवाह रोकथामका लागि रणनीतिक योजना बनाउन थालेका छन् । बालविवाहलाई सरकारले कानुनी रूपमा निषेध गरे पनि बालविवाह हुने क्रम रोकिएको छैन । बालविवाह बढेपछि अन्त्यका लागि रणनीति बनाउन लागेको स्थानीय तहले जनाएका छन् । १० स्थानीय तहमध्ये जिल्लमा तीन वटाले यही पुस १५ भित्र रणनीतिक योजना बनाइसक्ने […]

स्थानीय तहमा बजेट निर्माण विधि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने संवैधानिक व्यवस्था छ । नेपालको राज्यशक्तिको प्रयोग यिनै तीन तहले संविधान तथा कानुनबमोजिम गर्ने प्रावधान छ । संविधानको अनुसूची–८ र ९ मा उल्लिखित विषय क्रमशः स्थानीय तहको एकल अधिकार तथा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार अनुसार राज्यशक्तिको बाँडफाँट गरिएको […]

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, पुस ७ गते।  धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीसहित आठ जनाविरुद्ध दश लाख ८९ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७६/७७ मा धादिङको रुवीभ्याली गाउँपालिका वडा नं। ४ बोराङस्थित पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माणको कार्यमा सो भ्रष्टाचार भएको देखिएको […]

दुई जिल्लाको काम गर्ने कार्यालयमा एक जना मात्र कर्मचारी

डडेल्धुरा, पुस ७ गते ।  यहाँको अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ । डडेल्धुरा र बझाङ कार्यक्षेत्र रहने गरी २०७५ सालमा स्थापना भएको यस कार्यालयमा एक कर्मचारी र एक कार्यालय सहयोगी मात्र छन् । दुई प्राविधिक सहायक र एक खाद्य अनुसन्धान अधिकृत गरी तीन कर्मचारी दरबन्दी भएपनि खाद्य अनुसन्धान […]

विधेयकमाथि सुझाव लिँदै विधायन समिति

बैतडी, पुस १ गते  ।  सुदूरपश्चिम प्रदेश सभाको विधायन समितिले स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग रायसुझाव सङ्कलन गर्न सुरु गरेको छ । विधायन समितिले आइतबार बैतडी र दार्चुलाका जनप्रतिनिधि र कर्मचारीसँग रायसुझाव लिएको छ । प्रदेश सरकारले नेपालको संविधानको धारा २२७ बमोजिम प्रदेशभित्र रहेका स्थानीय तहबाट […]

नुन लिन वडाको सिफारिस

बाजुरा, पुस १ गते ।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले नुन लिन वडाको सिफारिस अनिवार्य गरेको छ । सरकारबाट सहुलियत हुने नुन बिक्रीको तथ्याङ्क लिन तथा यसको दुरुपयोग रोक्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले यहाँका ग्राहकलाई नुन लिन वडाको सिफारिस ल्याउन अनिवार्य गरेको हो । यसअघि नागरिकता देखाएर एक जनालाई पाँच पोका नुन दिने गरेकाले एकै घरका […]

स्थानीय तह उपनिर्वाचनः सबै नतिजा (विवरण सहित)

काठमाडौँ, मङ्सिर १८ गते । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल