आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ, साउन ११ गते। आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ। नकर्मी विसं २०२१ असार २० गते […]

सुशासनको पक्षमा काम गरेर बाहिरिएका छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, साउन ९ गते : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेका बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज यहाँ आयोजित स्मृतिसभामा उहाँले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार […]

लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

बुटवल, साउन ९ गते : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना बिना विभागीय मन्त्रीहरुले बुधवार बिहान पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो । लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय पाएका छन् । मन्त्रीहरुको शपथ लिनेहरुमा नेकपा (एमाले) बाट […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्दै

बागमती,  साउन ७ गते : बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुनेभएको छ ।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लाग्नुभएको हो । प्रदेश प्रमुख […]

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री

काठमाडौँ, साउन ७  गते : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्नुभएको छ । पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले सामाजिक सञ्जालमार्फत  निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गर्नुभयो । “उहाँले नै सामन्तवादको अन्त्य र […]

नेकपा एसद्वारा विपक्षमा मतदान गर्न ह्विप

काठमाडौँ, साउन ६  गते :  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारमा सहभागी दलको साझा […]

कांग्रेस संसदीय दलको बैठक हुँदै

काठमाडौँ, साउन ६ गते :  नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा हुने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा निर्णय हुने संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयोे ।

सरकारको काम चुस्त बनाउन समिति गठन

काठमाडौं, साउन ४ : सरकारले मन्त्रिपरिषद्को पाँच समिति गठन गरी संयोजकको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिनुभएको जानकारीअनुसार कार्यक्षेत्रका आधारमा बैठकले संयोजक तोकेको हो । बैठकले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद […]

प्रदेश सभाको चौंथो अधिवेशन अन्त्य

धनगढी, असार ४ गते : सुदूरपश्चिम प्रदेश सभाको चौंथो अधिवशन अन्त्य भएको छ । बिहीबर राती १२ बजेटबाट लागू हुने गरी प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको चौंथो अर्थात् बजेट अधिवेशन अन्त्य गर्नुभएको हो । अधिवेशन अन्त्यका लागि प्रदेश सरकारले असार २८ गते नै प्रदेश प्रमुखलाई सिफारिस पत्र पठाएको थियो । चौंथो अधिवेशन जेठ १३ […]

देश अप्ठेरोमा पर्दा काँग्रेस एमाले एक ठाउँमा : मन्त्री गुरुङ

काठमाडौं, साउन ३ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्था अप्ठेरोमा पर्दा कांग्रेस–एमाले शक्ति एक ठाउँमा उभिएको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । २०४६ सालमा पञ्चायत फाल्न, २०६२–६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल