काठमाडौं, असार १२ गते । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा पार्टीको उच्चस्तरीय टोली जनवादी गणतन्त्र चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा दशदिने भ्रमणका लागि टोली चीन प्रस्थान गरेको हो । उच्चस्तरीय टोली चीनमा रहँदा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेतृत्वसँग दुई […]
काठमाडौँ, असार ११ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान आग्रह गर्नुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले गत माघमा सम्पन्न महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने अवधि तोकेको स्मरण […]
हेटौँडा, असार १२ गते । बागमती प्रदेश सरकारले गत जेठ महिनासम्ममा चालु आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटको ५१ प्रतिशत मात्र खर्च गरेको पाइएको छ । चालु आव सकिन एक महिना बाँकी हुँदा प्रदेश सरकारको ३२ अर्ब २९ करोड ८१ लाख ८१ हजार ४५३ रुपियाँ अर्थात् ५१.५१ प्रतिशत खर्च भएको हो । प्रदेश […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले कन्फिलिक्ट अफ इन्ट्रेस्टको कुरा राजदूत नियुक्तिमा समेत प्रवेश पाएको भन्दै चिन्ता जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्रीको तर्फबाट विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिन उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गर्दै राणाले गृह मन्त्रालय, सहकारीपछि साउदी अरबको राजदूत नियुक्तिमा विवाद आएको बताए । उनले भने, ‘अहिले […]
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले १५औँ महाधिवेशनबाट केन्द्रीय सभापतिलाई ८० प्रतिशत मनोनयन गर्ने अधिकार दिने गरी विधान संशोधन गर्न प्रस्ताव गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले भने, ‘त्यस कारणले १५औँ महाधिवेशन भन्दा अगाडि नेपाली कांग्रेसको विधान संशोधन गरेर अब […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूलाई मिलेर जान आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कुनै विवाद छभने पनि आपसी सहमति र सहकार्य गरेर जान सुझाव दिएका हुन् । उनले भने, ‘साथसाथै कांग्रेस पार्टीलाई पनि मजबुद पार्दै जानुस् […]
धनगढी, असार ११ गते । सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएको छ । राष्ट्रिय प्रगतिसँग तुलना गर्दा यो प्रदेशको भौतिक पूर्वाधार अवस्था कमजोर देखिएको हो । महालेखा परीक्षकको कार्यालयले दिगो विकास लक्ष्य र दीर्घकालीन सोचसमेत प्राप्त हुने गरी कार्यक्रम कार्यान्वयन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सुझाव दिएको छ । प्रदेशमा सडक, हवाई […]
जतिबेला देशको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई संशोधन गर्दै ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने तयारी चलिरहेको थियो, नेपालको राजनीति त्यही विन्दुबाट चुनौतीको नयाँ अध्यायमा प्रवेश ग¥यो । प्रकारान्तरमा असंवैधानिक तवरले संसद्को विघटनमार्फत त्यस्तो दुराकाङ्क्षा पूर्ति गर्ने अभ्यास गरियो । देशको राजनीतिक क्षितिजमा बितेको चार वर्षयता माधवकुमार नेपालको पछिल्लो पहिचानलाई त्यही चुनौतीपूर्ण अध्यायले स्थापित गर्छ । […]
काठमाडौं, असार ९ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहनुभएका सचिव लीलादेवी गतडौला निमित्त मुख्य सचिवको जिम्मेवारी पाउनुभएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप उहाँलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो । यसअघिका मुख्य […]
लेखनाथ, जेठ २८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाउनुभएको हो । पाण्डेलाई नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र […]