अराजकको संयुक्त प्रतिवाद

काठमाडौँ, चैत १८ गते । नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रतिगामी समूहले अराजनीतिक र अराजक सडक प्रदर्शन गरिरहँदा गणतन्त्र पक्षधर सबै राजनीतिक दलले एकै ठाउँमा उभिएर यसलाई प्रतिवाद गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार सम्पन्न गणतन्त्र पक्षधर राजनीतिक दलको बैठकले पछिल्लो समय जारी अराजक […]

त्रिवि उपकुलपतिको राजीनामा

काठमाडौँ, चैत १७ गते । चारबर्से कार्यकालका लागि नियुक्त हुनुभएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले १३ महिनामै राजीनामा दिनुभएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहनुभएका बराललाई तत्कालीन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । त्रिवि स्रोतका अनुसार बरालले प्रधानमन्त्री तथा […]

पूर्वराजाका सुरक्षाकर्मी कटौती

काठमाडौँ, चैत १७ गते ।  सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आउनुभएको थियो । सरकारले यो सुविधा कटौती गरी पूर्वराजाको हकमा पूर्वराष्ट्रपतिले पाउने सुरक्षा व्यवस्था अनुसार सङ्ख्या कटौती […]

तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न १११ जना पक्राउ

काठमाडौँ, चैत १६ गते। काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्व राजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी […]

गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, चैत १३ गते।  प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार नेपाली कांगेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौला, भद्रपुरका नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता व्यक्त […]

वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त

 काठमाडौँ, चैत १३ गते ।  जर्मनीको भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । बर्लिनमा आयोजित पिटर्सवर्ग जलवायु संवादमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले सो अवसरमा आज जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेयरबोक, ब्राजिलका कोप–३० का प्रमुख आन्द्रे कोर्रिया दो लागो, संयुक्त राष्ट्रङ्घका महासचिवका जलवायु विशेष सल्लाहकार सेल्विन हार्ट, संयुक्त […]

मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)

काठमाडौँ, चैत १२ गते।  सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् २७ निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यरलाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी […]

फोहोर व्यवस्थापनमा नमुना नगर बन्दै तिलोत्तमा

तिनाउ (रुपन्देही), चैत १२ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहज रुपमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।जिल्लाका अन्य पालिकामा फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनिरहेका बेला तिलोत्तमा नगरपालिकाले भने विभिन्न तरिकाले व्यवस्थापन गर्दै आएको छ । घर तथा उद्योग प्रतिष्ठानबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर सङ्कलन गर्दै आएको नगरपालिकाले सङ्कलित फोहोरबाट मोहर कमाउदै आएको छ । […]

पूर्वाधारमा लगानी, पर्यटक न्यून

हिले, चैत ११ गते । धनकुटाको धनकुटा नगरपालिका–१ स्थित ओक्मालुङमा एक गुफा छ । नजिकै एक सानो छाँगो छ । यी दुवै स्थानलाई प्रवर्धन गर्न भन्दै प्रदेश सरकारमार्फत धनकुटा नगरपालिकाले करिब एक करोड रुपियाँ खर्च गरेर पूर्वाधार निर्माण गर्‍यो । गुफासम्म पुग्न झोलुङ्गे पुल, सिँढी निर्माण गरिएको छ । गुफाभित्र पनि ठाउँ ठाउँमा सिँढी निर्माण […]

परराष्ट्रमन्त्रीको आग्रहपछि एमसिसी परियोजनाले पायो निरन्तरता

काठमाडौं, चैत १० गते । नेपालमा सञ्चालित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) एसीसी परियोजनालाई  अमेरिकाले निरन्तरता दिने भएको छ । त्यससम्बन्धी शनिबार सूचना जारी भएको जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले दिएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान (करिब साढे ७५ अर्ब रूपियाँ) सहयोगको कम्प्याक्ट परियोजनाले अब निरन्तरता पाउने भएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल