काठमाडौँ, २० नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा विषयमा आपत्ति जनाउँदै पार्टीको युवा सङ्गठन तरुण दलले विज्ञप्ति निकालेको छ । शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्याउने […]
नेकपा (एकीकृत समाजवादी)ले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको छ । कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेकाले उहाँलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सचिवालय […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकबाट विधान सम्मेलनको मिति तय गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा विधान सम्मेलन मंसिरमा गर्ने समझदारी भएपनि मिति भने केन्द्रीय समिति बैठकबाट तय हुने सचिव दीनानाथ शर्माले जानकारी दिए । पार्टीलाई व्यवस्थित बनाउँदै विधि र पद्दतिमा चलाउन मंसिरमा विधान सम्मेलन गर्ने तय भएको […]
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्। भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ । भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने […]
१९ असार ,काठमाडौँ रामेछापका युवा नेता लेख बहादुर कार्की बागमती प्रदेश प्रशिक्षण बिभागमा मनोनित भएका छन। मिति १८ असार २०८० का दिन नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति श्री इन्द्र बहादुर बानियाँबाट नेपाली काँग्रेसको बिधान ,२०१७ (संसोधन सहित )को धारा ३६ (१ )ग बमोजिम नेपाली काँग्रेस बागमती प्रदेश प्रशिक्षण बिभागको प्रमुख तोकिनुभएका प्रदेश कार्यसमितिका उपसभापति […]
१६ असार ,काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरुण दल केन्द्रीय कार्यसमितिमा रामेछापबाट ८ जना मनोनित भएका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रामेछाप काग्रेसका नेता कमान खड्का (दीपेन्द्र) बिनिता खड्का, रमेशकुमार खड्का, सौरभ के.सी, सुशील बुढाथोकी, योगेश श्रेष्ठ, चन्द्र वाइवा र रिसिभ थापा मगर रहेका छन्
काठमाडौँ — नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । काठमाडौंमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कुँवर अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थापन पक्षका उम्मेदवार कुँवरले कोइराइला समूहका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरे । कुँवरले ४४१ मत ल्याउँदा यादवले ३७६ मत पाए । अध्यक्षमा संस्थापन पक्षका कुँवरले जिते पनि महासचिवमा भने कोइराला समूहका अजयकुमार राई निर्वाचित […]
नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी स्रोतका अनुसार उनलाई आइतबार पुर्जी जारी भएको हो । रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीक थापाविरुद्ध पनि सोझिएको थियो । प्रतीक पनि यसमा संलग्न रहेका प्रमाणहरु […]
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिनुभएको छ । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ […]
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताउनुभएको छ । बाँकेको नेपालगञ्जमा आजदेखि सुरु भएको सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा सङ्घमा कुनै पनि बाहनामा पक्ष विपक्षको कुरा नहुने उल्लेख गर्नुभयो […]