काठमाडौँ, फागुन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग बुधबारसाँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग […]
काठमाडौँ, फागुन २८ गते । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ । न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज उक्त मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको हो । संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित […]
जाजरकोट, फागुन २८ गते । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित भूकम्पबाट क्षति भएका आफ्ना संरचनाको पुनर्निर्माण र पुनस्र्थापना हुनेमा आशावादी देखिएका छन् । भेरी नगरपालिका–१ स्थित रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालय स्थापना भएपछि उनीहरू आशावादी देखिएका हुन् । गत आइतवार गृहमन्त्री रमेश लेखकले कार्यालयको उद्घाटन गरेपछि पीडितहरू त्यसरी आशावादी देखिएका हुन् । पुनर्निर्माण तथा पुनस्र्थापना […]
प्युठान, फागुन २८ गते । सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि आयोगले जिल्लामा आफ्नो सक्रियता बढाएको हो । सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवास गर्ने व्यक्तिको तथ्याङ्कलाई सूचना प्रणालीमा प्रविष्ट गर्ने, सहजीकरण समिति गठन गर्ने, फोकल पर्सन तोक्ने, सुकुमवासीको अध्ययन गरी टुङ्गोमा पुर्याउने मुख्य कामका लागि पालिकामा छलफल अघि बढेको हो । जिल्लाका […]
काठमाडौँ, फागुन २८ गते । प्रतिनिधि सभाले आमसञ्चार परिषद् विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रस्तावमा विधेयक मङ्गलबार समितिमा पठाइएको छ । विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सदनबाट माघ २८ गते पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएपछि […]
गोठगाँउ (मोरङ), फागुन २७ गते । प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वैज्ञानिक र उच्च प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि सरकारले विश्वविद्यालयहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्वविद्यालयहरूले अगाडि सारेको शिक्षा प्रणालीलाई वैज्ञानिक र प्रविधियुक्त बनाउन सकेमात्र मुलुकको समृद्धि अभियानले सफलता पाउने बताउनु हुँदै त्यसको सुधारका लागि सरकारले प्रतिबद्धताका साथ सहयोग […]
चितवन, फागुन २७ गते। नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले अब आउने जिल्ला तरुण अध्यक्षले चितवनको गुमेको सिट फर्काउने बताउनुभएको छ। मंगलबार चितवनमा आयोजित भरतपुर महानगर समिति द्वारा आयोजित पुर्णकालीन सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुरुङले यस्तो बताउनुभएको हो। विभिन्न दल अहिले अनेक बहानामा षड्यन्त्र गरिरहेको बताउदै उहाँले सचेत रहन तरुणलाई निर्देशन दिँदै यस्तो बताउनुभएको […]
काठमाडौँ, फागुन २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य, मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनुभएको छ । राष्ट्रपति सचिवालयका अनुसार सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुण अनिवार्य भएको बताउनुभयो । पौडेलले भन्नुभयो, […]
काठमाडौं, फागुन १८ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आइतबार बस्ने भएको छ । आज मध्याह्न १२ः१५ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको हेरफेर गर्नुहुने छ । यसैगरी, बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ […]
काठमाडौँ, फागुन १२ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबिच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा. देउवा र स्वीस विदेशमन्त्रीबिच साइडलाइन भेटवार्ता भएको हो । भेटका अवसरमा उहाँहरूबिच द्विपक्षीय हित, आपसी चासोका विषयमा […]