सेन्ट भिन्सेन्ट, असार ९ गते । बङ्गलादेशमाथि सानदार जित निकाल्दै भारत आइसिसी टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । सुपर आठअन्तर्गत एन्टीगुवास्थित सर भिभिएन रिचार्ड्स स्टेडियममा शनिबार राति भएको खेलमा भारतले बङ्गलादेशलाई ५० रनले हरायो । सुपर आठमा लगातार दोस्रो जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अघिल्लो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले […]
काठमाडौँ, असार ९ गते । इजरायली सेनाले वेस्ट बैङ्कको कलकिलिया सहरमा दुई प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतले बताएको छ । काल्किल्याका गभर्नर होसम अबु हम्दाले इजरायली विशेष बलहरूले सहरको केन्द्रमा घुसपैठ गरे र दुई युवाहरू यात्रा गरिरहेका गाडीमा आक्रमण गरेको बताउनु भयो । इजरायलले द्वन्द्व सुरु भएदेखि वेस्ट बैङ्क र पूर्वी जेरुसेलमका विभिन्न […]
काठमाडौँ, असार ९ गते । विद्युतीय सवारीमा नेपालीको मोह बढ्न थालेको छ । विद्युतीय सवारीको पूर्वाधारसमेत विस्तार हुने क्रम बढ्दै जाँदा यसको व्यापार उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ । बढ्दो आकर्षणका कारण विद्युतीय सवारीको आयात पनि निरन्तर बढिरहेको भन्सार विभागको पछिल्लो तथ्याङ्कले पुष्टि गर्छ । विभागले सार्वजनिक गरेको चालु आव २०८०/८१ को एघार महिना (जेठ) सम्मको […]
सेन्ट भिन्सेन्ट, असार ३ गते । नेपालका बलरले कसिलो बलिङ गरेपछि टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा नेपाललाई जितको लागि बङ्गलादेशले एक सय सात रनको लक्ष्य दिएको छ । किङ्सटाउनमा सोमबार बिहान टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बङ्गलादेशले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनायो । बङ्गलादेशका लागि सकिव अल हसनले […]
सेन्ट भिन्सेन्ट, असार २ गते : आइसिसी टी-२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले सोमबार बिहान समूहको अन्तिम खेल अर्को टेस्ट टोली बङ्गलादेशविरुद्ध खेल्दैछ । सेन्ट भिन्सेटमा हुने उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो । नेपाल यसअघि अमेरिकाको […]
सेन्ट भिन्सेन्ट, असार १ गते । आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा जितका लागि नेपाललाई दक्षिण अफ्रिकाले एक सय १६ रनको मध्यम लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १५ रन बनायो । दक्षिण अफ्रिकाका लागि ओपनर […]
स्वीटजरल्याण्ड, असार १ गते । राष्ट्रपति रामचन्द्र पौडेल यहाँस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे । सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराउनुभएको थियोे । साथै स्वीटजरल्याण्डमा रहेका नेपालीबारे […]
२०८१ जेठ ३० अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ‘गभर्निङ बडी’ मा नेपाल सर्वसम्मतिले निर्वाचित भएको छ । तीन बर्षे कार्यकालका लागि नेपाल उपसदस्यमा निर्वाचित भएको हो । उपसदस्यको रुपमा नेपालको २०२४ देखि २०२७ सम्मा कार्यकाल रहनेछ । जसमा सरकार, रोजगारदाता र टे«ड युनियनको प्रतिनिधत्व रहनेछ । जेनेभामा जारी आईएलओको ११२ औ अन्तराष्ट्रिय सम्मेलनमा गत शुक्रबार […]
काठमाडौँ, जेठ ३० गते । दस महिनामा मुलुक सात अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म छ अर्ब ९८ करोड रुपियाँ भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ३६ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको १० […]
फ्लोरिडा (अमेरिका) । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भोलि श्रीलंकाको सामना गर्दैछ । फ्लोरिडा (अमेरिका)को स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) श्रीलंकासँगको खेलमा वर्षा बाधक हुने चिन्ता बढेको छ । आज सेन्टर ब्रोवार्ड काउन्टी रंगशाला क्षेत्रमा विहानैदेखि झरी परिरहेको […]