रेसुंगा, चैत १५ गते । गुल्मीको धुर्कोट गाउँपालिकाका सातवटै वडाका किसानलाई गोलासहितको माहुरी घार बितरण गरिएको छ । धुर्कोट कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाले ५० थान गोलासहितको माहुरी घार वितरण गरेको हो । धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा जनबिकास केन्द्रद्वारा कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना सञ्चालनमा रहेको छ । किसान र […]
काठमाडौँ, चैत १५ गते। शुक्रबार दिउँसो राजधानीको तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको निधन भएको छ। एभिन्यूज टेलिभिजनमा भिडियो पत्रकारका रुपमा कार्यरत रजकको आगलागी भएको भवनमा फसेर निधन भएको हो। आगलागी भएको भवनमा भिडियो खिच्नेक्रममा जलेर मृत्यु भएको एभिन्युजको खबरमा उल्लेख छ। आगलागीपछि भवनबाट रजकको जलेको शव फेला परेको थियो। एभिन्युजका […]
भैरहवा, चैत १५ गते । लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबारको बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । यस योजनाले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी […]
काठमाडौँ, चैत १५ गते । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत हुनुभएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा प्रस्तुत गर्दै आइरहनुभएको छ । सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई उहाँले गम्भीरतापूर्वक […]
काठमाडौँ, चैत१५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]
म्याग्दी, चैत १५ गते । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले रु. एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]
काठमाडौँ, चैत १५ गते । काठमाडौँ उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज देशभर छरिएर रहेका संस्थाका प्रतिनिधिले विभिन्न कार्यक्रम गरी देशभरा मनाउँदै छन् । यसलाई पासाचह्रे पनि भन्दछन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ । यस चाडका दिन […]
बैतडी, चैत १५ गते । वनमा यतिखेर काफल, कोइरालो, बेडु, तिमिलो, ऐँसेलु, चुत्रो, मछाइनोलगायत दर्जनौँ जङ्गली फल लटरम्म फलेका छन् तर बाँदर ग्रामीण किसानको बारीमा गहुँ, केराउ, मुसुरो खान पल्केको छ । जङ्गलमा रहेको फल खान छाडेर बाँदरले किसानको बारीमा रहेको अन्नबाली तथा तरकारी खान थालेपछि किसान हैरान भएका छन् । बाँदरले खेतीपाती नाश गरेर गाउँमा आतङ्क […]
काठमाडौँ, चैत १५ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक […]
काठमाडौँ, चैत १५ गते । अतिरिक्त सचिवको दरबन्दी रहने गरी सङ्घीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले तयार पारेको छ । फागुन १२ गतेदेखिको गोप्य छलफलपछि उपसमितिले विधेयकको प्रतिवेदन समितिमा पेस गरेको हो । कुलिङ परियड, ट्रेड युनियनको व्यवस्थालगायतका केही विषयमा थप छलफल गर्ने गरी उपसमितिले प्रतिवेदन समितिमा बुझाएको छ […]