काठमाडौं, चैत १३ गते। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस त्रि–चन्द्र बहुमुखी क्याम्पस, घण्टाघरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्योलमा छ। त्रिविले देशैभरका आङ्गिक क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको थियो। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीका अनुसार हालसम्म त्रिविका ४४ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ। […]
काठमाडौँ, चैत १३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार नेपाली कांगेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौला, भद्रपुरका नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता व्यक्त […]
काठमाडौँ, चैत १३ गते । जर्मनीको भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । बर्लिनमा आयोजित पिटर्सवर्ग जलवायु संवादमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले सो अवसरमा आज जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेयरबोक, ब्राजिलका कोप–३० का प्रमुख आन्द्रे कोर्रिया दो लागो, संयुक्त राष्ट्रङ्घका महासचिवका जलवायु विशेष सल्लाहकार सेल्विन हार्ट, संयुक्त […]
काठमाडौँ, चैत १३ गते। हुम्ला जिल्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ४४ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का महसुस हुम्ला र आसपासका जिल्लामा भएको छ।हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।
फुङलिङ, चैत १३ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुने भएको छ । हवाई उडान ठप्प भएको करिब साढे तीन महिनापछि आगामी शनिबारबाट नियमित हवाई उडान सुरु हुने भएको हो । नेपाल वायु सेवा निगमसँग रहेको दुई वटा जहाज ग्राउण्डेड भएपछि गत मङ्सिर २८ गतेदेखि ताप्लेजुङमा उडान अबरुद्ध भएको थियो […]
वालिङ(स्याङजा), चैत १३ गते । स्याङ्जाको वालिङ नगरपालिका–६ का कृषक शोभाकान्त पाण्डे निक्कै उत्साहित हुुनुहुन्छ । आफूले उत्पादन गरेको आलु वालिङमा सञ्चालनमा आएकोे शीतभण्डारमा राख्न पाएपछि पाण्डे खुसी हुनुभएको । उमेरले ७० काटिसक्नु भएका कृषक पाण्डे निरन्तर कृषि कर्ममा हुनुहुन्छ । उत्पादन गरेको मध्ये दुई हजार केजी आलु बीउको रुपमा प्रयोग गर्न शीत भण्डारमा राखेको […]
उर्लाबारी, चैत १३ गते । एसियन हाइवेका रूपमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माण सुरु भएको १३ महिना भइसक्दा पनि १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन यो सडक २०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गतेदेखि काम सुरु भएको थियो । आयोजना निर्देशनालय (एडिबी) का निर्देशक चुडाराज ढकालले यो अवधिमा […]
जेनेभा, चैत १३ गते । संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा पाँच वर्षमुनिका प्रत्येक दुईमध्ये एक बालबालिका गम्भीर कुपोषणको शिकार छन् । तीमध्ये पाँच लाखभन्दा बढी घातक कुपोषणबाट प्रभावित छन् । संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले यमनमा एक दशकदेखि चलिरहेको द्वन्द्वले बाल्यकाल खोसेको र एउटा सम्पूर्ण पुस्तालाई बाँच्नका लागि सङ्घर्ष गर्न बाध्य पारेको चेतावनी दिएको छ, यद्यपि […]
काठमाडौँ, चैत १३ गते । यतिबेलाको मौसममा पुतलीको फुलबाट धमाधम लार्भा निकिँस्दै छन् । फागुन नलाग्दै पलाएका बोटबिरुवाका पालुवा करिब करिब छिप्पिसकेका छन् । ती लार्भाले खाने पालुवा समय अगावै पलाउँदा खानेकुराको जोहो गर्न उनीहरूलाई कठिन हुन थालेको छ । वन तथा वातावरण मन्त्रालयका इकोलोजिस्ट डा. प्रकाशसिंह थापाका अनुसार बढ्दो तापक्रमसँगै बदलिँदो जलवायु परिवर्तनको असर […]
जब एक शारीरिक सुगठन खेलाडी प्रतियोगिताका लागि तयारीमा लाग्छ उसले दैनिकी त्यागेर धेरै संयमित जीवन अपनाउनुपर्ने हुन्छ । आहारको योजना बनाउने, के खाने के नखाने विचार गर्ने, ‘विक प्वाइट ट्रेनिङ’, ‘लो फ्याट पर्सेन्टेज एन्ड वाटर लेबल मेन्टेनिङ’, ‘डेप्थ एन्ड डिफाइन्ड मसल्स मेन्टेनिङ’, कति व्यायाम गर्ने, कति आराम गर्ने, कति सुत्ने आदि विषयमा विशेष ध्यान दिनु पर्दछ । […]