रुकुमपश्चिम, १८ भदौ ः रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् । मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आइतबार अपराह्न विद्यालयबाट […]
भरतपुर (चितवन), १७ भदौ : चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन( डिपिआर ) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अघि बढाइने भएको छ । यसका लागि शुक्रबार वन मन्त्रालय, हुलाकी सडक आयोजना, निकुञ्ज र जनप्रतिनिधिको टोलीले स्थलगत निरीक्षण गरेपछि ती प्रक्रिया सुरु गर्न लागिएको हो । डिपिआर निर्माण गर्नका लागि […]
कर्णाली, १७ भदौ : सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा पिङ्क डिजिज (गुलाबी रोग) पत्ता लागेको थियो । रोग देखिएलगत्तै किसानको समस्या समाधान गर्न […]
भोजपुर, १६ भदौ : बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् । नेवार समुदायले विगतबाट मान्दै आएका परम्परालाई जीवन्त राख्नका लागि गाउँघरमा विभिन्न सङ्घ संस्था गठन गरेर आफ्नो संस्कार संस्कृतिको संरक्षणको […]
मेलम्ची (सिन्धुपाल्चोक) १५ भदौ नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । नाका खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट […]
पाँचथर, १५ भदौ : पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल छ प्रहरी मात्र कार्यरत छन् । मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो । सोही निर्णयबमोजिम बुधबार प्रहरी […]
गोरखा, १५ भदौ : पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उहाँले बताउनुभयो । अहिले आँबुखैरेनीबाट गोरखा […]
म्याग्दी, १५ भदौ म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिनुुभयो । “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो”, उहाँले भन्नुुभयो, […]
काठमाडौँ, १४ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताउनुभएको छ । नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन) का अवसरमा शुभकामना दिँदै उहाँले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले व्यवस्थामा आएको […]
रसुवा, १४ भदौ : जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड […]