बैतडी, साउन २० गते : कमाउने अभिभावक नै क्यान्सर रोग लागेर थला परेपछि बालबच्चासहित परिवार भोकै बस्न बाध्य भएका छन् । त्यसमाथि गत वर्ष असोजमा गएको भूकम्पले ओत लाग्ने घर भत्काइदिएको छ । सिगास गाउँपालिका –३, घकुराडी बस्ने रघुवीर साउँदको जीवनमा यति ठूलो वज्रपात परेको छ कि चुलो बाल्न वृद्ध आमाको सामाजिक सुरक्षा भत्ता कुर्नुपरेको छ […]
काठमाडौँ, साउन २० गते : मुखमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछन् । हिमाल डेन्टल अस्पतालकी कन्सल्टेन्ट पेरोयोडेन्टीक्स एण्ड ओरल इम्प्लान्टोलजी डा. अञ्जली भट्टराईले मुखमा सबैभन्दा बढी दाँतमा किरा लाग्ने र गिजाबाट रगत आउने समस्या देखिने बताउनुहुन्छ । त्यो बाहेक अस्पतालमा दाँत दुख्ने, मुख गन्हाउने, पिप जम्मा हुने, दाँतहरू हल्लिनेजस्ता समस्या लिएर बिरामी अस्पतालमा आउने डा. भट्टराईले […]
काठमाडौँ, साउन १८ गते । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको […]
काठमाडौँ, साउन १६ गते : काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुनेछ । नियमित वर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद व्यवस्थापन विभाग र महानगर […]
काठमाडौँ, साउन १२ गते। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताउनुभएको छ। शनिबार वीर अस्पतालको १३५ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले वीर अस्पताल भित्रका सबै इकाइको समन्वय हुनु आवश्यक रहेको पनि बताउनुभयो। उहाँले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर […]
चितवन, साउन १२ गते । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको […]
कावासोती, साउन ११ गते । नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको आर्कषण बढ्दै गएको छ । प्राकृतिक चिकित्सालयमा प्राकृतिक विधि प्रयोग गरिने भएकाले यसले कुनै साइडइफेक्ट नगर्ने भएकाले यसप्रति आकर्षण बढेको हो । यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । ठुला […]
काठमाडौं, साउन ११ गते : देशभर ७३ जिल्लामा एक हजार ८२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको जानकारी आएको बताउनुभयो । इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु […]
काठमाडौँ, साउन १० गते। चिकित्सकीय पद्धतिको विकास नहुँदासम्म अतिसार अर्थात् हैजा भएका बिरामीलाई पानी खान दिइँदैनथ्यो । जलविनियोजनका कारण प्राण त्याग गरेका घटना बुढापाकाले सुनाउने गरेका छन् । अतिसार भएर इतिहासमा राजा महाराजाको समेत निधन भएको छ । चिकित्सा विज्ञानले निषेध गरिसकेको अवस्थामा पनि विश्वमा एक लाखभन्दा बढीको हैजाबाट मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन […]
काठमाडौँ, साउन ९ गते : सरकारले साउन ९ गते देखि १३ गतेसम्म काठमाडौँ उपत्यकाको तीन जिल्लामा पोलियोविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । काठमाडौँको टुकुचा खोलामा पोलियो भाइरस भेटिएसँगै सरकारले उपत्यकाका तीन जिल्लामा जन्मेका जन्मदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै पोलियोविरुद्धको खोप अभियान सुरु गर्न लागेको हो । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमले […]