तीन हजार पाँच सय जनाको निःशुल्क मुटु जाँच

गोरखा, माघ २८ गते : यहाँ सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिनुभयो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई […]

स्वस्थ नगरवासीका लागि स्वास्थ्य बीमा अपरिहार्य – कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की

काठमाडौँ ,माघ २५ गते । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले स्वास्थ्य बीमालाई स्वस्थ नगरवासी निर्माणका लागि अपरिहार्य रहेको बताउनुभयो। नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्लाको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकाका भित्र काम गर्ने घरेलु कामदारहरूकोलागि” घरेलु कामदारका लागि विद्यमान राष्ट्रिय कानुन , अन्तर्राष्ट्रिय श्रम मापदण्ड, कार्यस्थलमा हुने हिंसा र उत्पीडन रोकथाम सम्बन्धी तालिम”को उद्घाटन कार्यक्रममा […]

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौं, माघ २५ गते । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारीसरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबिचमा सम्बन्ध पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा […]

प्रसव व्यथाले चापेकी जोगीको बिचल्ली

फिदिम, माघ २३ गते । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा केबुलकार बनाउन थालेपछि त्यसको विरोधमा उत्रेको ‘नो केबुलकार’ समूहले आह्वान गरेको आमहड्तालको पहिलो दिन मङ्गलबार मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्डमा रुख ढालेर सडक अवरुद्व गरिएको छ । सडकमा अवरोध सिर्जना गरिएपछि राति बिरामी लिएर सदरमुकाम आउँदै गरेका एम्बुलेन्स बाटैमा रोकिएका थिए । सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकीमा […]

बाँकेका पाँच हजार किशोरीलाई लगाइयो एचपिभी खोप

नेपालगन्ज, माघ २३ गते ।  बाँकेका पाँच हजारभन्दा बढी बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । जिल्लाका पाँच हजार १४ जना बालिका र किशोरीलाई पहिलो दिन एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका चार वटा पालिकामा सुरु गरिएको पहिलो […]

देशभर एचपिभी विरुद्धको खोप (फोटो फिचर)

काठमाडौँ, माघ २२ गते। मङ्गलबारबाट देशभर पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस  एचपिभीविरुद्धको खोप अभियान सुरु भएको छ। खोप अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकालाई खोप दिइएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबारबाट सुरु भएको खोप अभियान फागुन ५ गतेसम्म देशभर सञ्चालन हुनेछ। देशभरका १९ […]

दक्षिण–पूर्वी एशियामा क्यान्सर रोकथाम गर्न क्षेत्रीय रणनीति सुरु

नयाँदिल्ली, माघ २१ गते ।  विश्व क्यान्सर दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एशिया क्षेत्रमा बढ्दो क्यान्सर बोझलाई सम्बोधन गर्न आफ्नो निरन्तर प्रयासलाई निरन्तर अगाडि बढाएको छ । सङ्गठनले सदस्य राष्ट्र तथा साझेदारहरूसँग व्यापक क्यान्सर रोकथाम सन् २०२४–२०३० का लागि डब्ल्यूएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रीय रणनीति विकास गर्न कामसमेत गरिरहेको छ । दक्षिण–पूर्वी एसियाका […]

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

झापा,  माघ २० गते । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच  सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने […]

जडीबुटी प्रशोधन केन्द्र अन्योलमा

सुर्खेत, माघ १७ गते  । सरकारको जडीबुटी प्रशोधन केन्द्र निर्माण योजना अन्योलमा परेको छ । सङ्घीय सरकारले कर्णाली प्रदेशलाई जडीबुटीको हब बनाउने भन्दै बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि सारिएको हो । कर्णाली प्रदेशलाई जडीबुटीको हबका रूपमा विकास गरी प्रदेशमा प्रचुर मात्रामा पाइने विभिन्न प्रकारका […]

खोप अभियानको तयारी पूरा

महोत्तरी, माघ १७ गते । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको तयारी अन्तिम चरणमा रहेको छ ।  जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लामा ४५ हजार ४६४ जना किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर साहले खोप आइसकेको तथा खोप लगाउने स्वास्थ्यकर्मीको तालिमसमेत अन्तिम चरणमा रहेको र जिल्लामा दुई चरणमा खोप […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल