चितवन, ४ पुस : बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौँमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् । त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५÷६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन् […]
वीरगञ्ज (पर्सा), ३ पुस : हिमालयन डिष्टिलरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । वडा कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो । वडा नं २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री यादवले उद्योगी व्यवसायीले सामाजिक कार्यमा […]
मकवानपुर, १ पुस : बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माको फोक्सोमा निमोनिया सङ्क्रमण देखिएकाले काठमाडौँको चावहिलस्थित हेल्पिङह्यान्डस् अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको प्रदेशप्रुमखको स्वकीय सचिवालयले जनाएको छ । प्रदेशप्रमुख शर्मा केही दिनदेखि ज्वरोले थलिनुभएको थियो । केही दिनको उपचारपछि पुस ३ गते अस्पतालबाट स्वास्थ्यलाभ गरी ‘डिस्चार्ज’ हुने उहाँका स्वकीय सचिव पारशमणि फुँयालले बताउनुभयो […]
सर्लाही, १ पुस: सर्लाहीको हरिपुर्वा नगरपालिका– २ मा निर्मित पन्ध्र शय्याको नगर अस्पताल भवन निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको सो अस्पताल निर्माण भएको डेढवर्ष हुँदासमेत प्रयोगमा नआएको हो । अस्पताल सञ्चालनमा नआउँदा आफ्नै ठाउँमा अस्पताल भएर […]
महेन्द्रनगर, २९ मङ्सिर : कञ्चनपुरमा पछिल्लो समय सुरक्षितरुपमा गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हँुदै गएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा दुई […]
वीरगञ्ज (पर्सा), २७ मङ्सिर : पर्सामा चिसो बढ्ेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको […]
भोजपुर, २७ मङ्सिर : भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देक्ष्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो । प्रसूति सेवा केन्द्रमा ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिनुभयो । भविष्यमा […]
महोत्तरी, २४ मङ्सिर : चिसो बढेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढेका छन् । एक्कासी चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी बताउनुभयो । अहिले दैनिकजसो सरदर ३०–४० जना श्वासप्रश्वासका बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको उहाँले जानकारी दिनुभयो । “यो बितेको सातादेखि नै अस्पतालमा बिरामी बढेका […]
सिरहा, १९ मङ्सिर : संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो ! दैनिकी चलाउन कति असहज हुँदो हो ? घरभित्र अथवा बाहिर हिडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा होलान् सहज अनुमान गर्न सकिन्छ । सिरहा नगरपालिका–६ की ६० वर्षीया दारावती दासको जिन्दगी यस्तै पीडा, सङ्घर्ष र […]
तुलसीपुर (दाङ), १६ मङ्सिर : सिकलसेल एनिमिया वंशानुगत रोग हो । नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ । नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो […]