काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाँडे गलफुलो देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी सूचनामा हाँडे गलफुलो आउँदा अचेत हुनु, धेरै पटक दुख्ने, तारान्तार वान्ता हुने, अण्डकोष सुनिने, कान दुख्ने वा सुनिने, क्षमता कमजोर भई स्वास्थ्यमा नकारात्मक असर पर्ने लगाउन हुनसक्ने उल्लेख गरिएको छ । हाँडे गलफुलो […]
रामेछाप लम्पी स्कीन रोगका कारण रामेछापमा ३ सय ८१ पशु चौपाय मरेका छन् । रामेछापका ८ स्थानिय तहका पशुसाखाले दिएको जानकारी अनुसार २१ हजार भन्दा बडी पशुचौपायहरुमा संक्रमण देखिएको छ । लम्पी स्कीन रोगको सङ्क्रमणबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा २५, लिखुतामाकोशी गाउँपालिकामा १५०, सुनापति गाउँपालिकामा ३६ र उमाकुण्ड […]
नेपालगञ्ज, साउन १४ गते । गर्मीका कारण ज्वरो, निमोनिया र पखालाका बिरामी बढी रहेकै बेला बाँकेमा पछिल्लो समयमा आँखा पाक्ने रोगका धेरै बिरामी अस्पताल आउन थालेको आँखा अस्पतालले जनाएका छन् । चिकित्सकहरुका अनुसार आँखासम्बन्धी समस्या गराउने ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण बाँकेमा फैलिएकोले आँखा पाकेर उपचारका लागि अस्पताल आउने बिरामी दिनदिनै बढ्दै गएका हुन् । भिजन […]
काठमाडौं । समय अगामै जन्मिने बच्चाको आँखामा अन्धोपना ल्याउन सक्ने ‘रेटिनोपेथी अफ प्रिमेचुरिटी’ (आरओपी) रोगका बिरामी बढ्न थालेका छन् । पाटन अस्पतालमा समय अघि प्रसूति भइ जन्मिएका दैनिक सरदर १० बच्चामा आरओपी रोगको स्क्रिनिङ गरिँदै आएको आँखा रोग विशेषज्ञ डाक्टर पवन महतले बताए । स्क्रिनिङ गरिएकामध्ये १० प्रतिशतमा आँखामा अन्धोपना ल्याउने आरओपी रोग पुष्टि हुने […]
धरान । धरानमा डेंगुका कारण ७ जनाको मृत्यु भएको छ । जेठ महिना देखि धरानमा डेंगु फैलिएको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च […]
जनस्वास्थ्य सरोकार, काठमाडौँ । माइग्रेनमा टाउको धेरै दुख्ने भएकाले अधिकांश बिरामीले ट्युमर भएको ठान्छन् र सिटी स्क्यान एवं एमआरआई गर्न आग्रह गर्छन् । उनीहरुमा क्यान्सरका कारण टाउको दुखेको त्रास हुन्छ । मलाई पनि माइग्रेन छ । शुरुमा टाउको हल्काफूल्का दुखेपनि खासै ख्याल गरेको थिइनँ । पछि माइग्रेन भएको पत्ता लागेपछि ५ वर्षदेखि औषधि सेवन गरिरहेको छु […]
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको बारे छानबिन गर्न समिति गठन गरेको छ । डिन दिव्या सिंहले उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । पोखरेल शुक्रबार विहान मृत भेटिएका थिए । उनका आफन्तले आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् भने प्रहरीले प्रशासन प्रमुखसहित ४ जनालाई पक्राउ […]
गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचा।का क्रममा बालकमा […]
कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छजनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या […]
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरेर दुई हजार पाँच सय ६६ जनाको नमुना परीक्षण गर्दा एक सय २४ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा २९ जना काेराेना सङ्क्रमित निको भएका छन् । काेराेना सङ्क्रमितकाे […]