त्रिवि उपकुलपतिको राजीनामा

काठमाडौँ, चैत १७ गते । चारबर्से कार्यकालका लागि नियुक्त हुनुभएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले १३ महिनामै राजीनामा दिनुभएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहनुभएका बराललाई तत्कालीन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । त्रिवि स्रोतका अनुसार बरालले प्रधानमन्त्री तथा […]

मूल्य बढ्दा सुनको आयात घट्यो

काठमाडौँ, चैत १७ गते । सरकारले सुन आयातमा लाग्दै आएको भन्सार महसुल घटाए पनि सुनको आयातमा भने कमी आएको छ । गत मङ्सिरदेखि सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो । सुनको आयात भने बढ्न सकेको छैन । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को आठ महिनामा […]

जुम्लाको स्याउ : ढुवानीको समस्याले नोक्सानी

सुर्खेत, चैत १७ गते । कर्णाली प्रदेशको जुम्लामा स्याउ उत्पादन बढेको छ । स्याउ उत्पादन जसरी बढेको छ, त्यसको ढुवानी सहज हुन नसक्दा कृषकहरूले नोक्सानी पनि उस्तै बेहोर्नु परेको एक अध्ययनले जनाएको छ । सुर्खेतस्थित ऋति फाउन्डेसनले जुम्लाको स्याउ बजार प्रणालीमा रहेका चुनौतीहरू र आवश्यक पहल विषयमा हालै एक अध्ययन गरेको थियो । सोही अध्ययनका […]

चौतारी पदाधिकारीद्वारा प्रदर्शनकारीको क्षतिबारे स्थलगत अवलोकन

काठमाडौं, चैत १६ गते । प्रेस चौतारी नेपालले पूर्व राजावादीहरुको प्रदर्शनका क्रममा आक्रमणमा परी क्षति भएका सञ्चार माध्यमको स्थलगत अवलोकन गरेको छ । अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार क्षति भएका विभिन्न सञ्चारमाध्यममा पुगेर स्थलगत अवलोकन गरेको हो। सो क्रममा राजावादीहरूको आक्रमणमा परी घाइते भएको पत्रकारहरूको अवस्थाबारे पनि उहाँहरूले जानकारी लिनुभएको छ । चौतारी नेपालका […]

पूर्वराजाका सुरक्षाकर्मी कटौती

काठमाडौँ, चैत १७ गते ।  सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आउनुभएको थियो । सरकारले यो सुविधा कटौती गरी पूर्वराजाको हकमा पूर्वराष्ट्रपतिले पाउने सुरक्षा व्यवस्था अनुसार सङ्ख्या कटौती […]

छ सय किमी टाढा पुगेर चर्छन् मौरी

काठमाडौँ, चैत १७ गते ।  गर्मी चढेपछि जाडोमा बेँसी झारिएका भेडा र चौँरी लेक चढाइन्छन् । चरन क्षेत्र खोज्दै भेडीगोठ अर्को ठाउँमा सारिन्छ । भेडा, च्याङ्ग्रा र चौँरीभन्दा फरक उडेर कैयौँ किलोमिटर टाढा पुग्ने मौरीलाई पनि एक ठाउँबाट अर्को ठाउँमा चरनका लागि लग्ने गरिन्छ । एक ठाउँमा फूल फुल्न छाडेपछि अर्को ठाउँमा लगेर मौरीलाई राखिन्छ […]

२०८१ चैत १७ गते – 30, March, 2025, आईतवार , यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । […]

निधि निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक

काठमाडौँ, चैत १६ गते । नेपाली कांग्रेसका छ जना शीर्ष नेताको अनौपचारिक भेटघाट पूर्व उपसभापति विमलेन्द्र निधि निवास नयाँ बानेश्वरमा बसेको छ । शनिबार बिहान बसेको दुई घण्टा लामो बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला सहभागी हुनुहुन्थ्यो । नेताहरूबिचको अनौपचारिक भेटघाटमा हिजो राजधानीमा भएको प्रतिगमनकारी एवम् […]

गोरक्ष सिद्धरत्ननाथ मठको पुनःनिर्माण

घोराही, चैत १६ गते । दाङको प्रसिद्ध धार्मिकस्थल गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको पुननिर्माण गरिएको छ । घोराही उपमहानगरपालिका–१७ चौघेरामा मन्दिरलाई पुरानै शैलीमा करिब पाँच वर्षपछि पुनःनिर्माण गरिएको हो । मठको पुनःनिर्माण भएसँगै मूल मठमा देवता र मूर्तिलाई सारेर सञ्चालनमा ल्याइएको छ । स्थायी रूपमा सञ्चालन गरिएको ठाउँबाट मूल मठमा गोरखनाथ, मच्छिद्रनाथ, रत्ननाथ, आदीनाथ, कालभैरव, बुटक […]

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदल बैठक पोखरामा सम्पन्न

पोखरा, चैत १६ गते। नेपाल र भारतको सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको १३ औँ बैठक पोखरामा सम्पन्न भएको छ। दुई दिनसम्म संचालन भएको सो बैठकमा नेपालका तर्फबाट सहसचिव एवं गृह प्रवक्ता रामचन्द्रं तिवारी र भारतका तर्फबाट भारतीय गृहमन्त्रालयका सहसचिव निहिर कुमारको नेतृत्व रहेको थियो। सो बैठकमा दुई देशको आपसी हितको प्रवर्द्धन गर्ने सीमा पार अपराध […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल