सुलीकोट, चैत १४ गते । गोरखाको बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका – १ का १६ वर्षीय युनिश गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आरुघाट गाउँपालिका – ४ स्थित थुमिमा एसइई दिएर बुधबार साँझ बुढीगण्डकी […]
काठमाडौँ, चैत १४ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको […]
पर्सा, चैत १४ गते । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार बुधबार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको […]
हेटौँडा, चैत १४ गते । हेटौँडा उपमहानगरपालिका १ स्थित चौकीटालमा देवरद्वारा आफ्नै भाउजूको हत्या गरिएको छ । राहुल भन्ने रमेश दासले बुधवार भाउजू गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निज रमेशले जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या […]
काठमाडौं, चैत १३ गते। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस त्रि–चन्द्र बहुमुखी क्याम्पस, घण्टाघरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्योलमा छ। त्रिविले देशैभरका आङ्गिक क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको थियो। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीका अनुसार हालसम्म त्रिविका ४४ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ। […]
काठमाडौँ, चैत १३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार नेपाली कांगेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौला, भद्रपुरका नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता व्यक्त […]
काठमाडौँ, चैत १३ गते । जर्मनीको भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । बर्लिनमा आयोजित पिटर्सवर्ग जलवायु संवादमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले सो अवसरमा आज जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेयरबोक, ब्राजिलका कोप–३० का प्रमुख आन्द्रे कोर्रिया दो लागो, संयुक्त राष्ट्रङ्घका महासचिवका जलवायु विशेष सल्लाहकार सेल्विन हार्ट, संयुक्त […]
काठमाडौँ, चैत १३ गते। हुम्ला जिल्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ४४ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का महसुस हुम्ला र आसपासका जिल्लामा भएको छ।हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।
फुङलिङ, चैत १३ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुने भएको छ । हवाई उडान ठप्प भएको करिब साढे तीन महिनापछि आगामी शनिबारबाट नियमित हवाई उडान सुरु हुने भएको हो । नेपाल वायु सेवा निगमसँग रहेको दुई वटा जहाज ग्राउण्डेड भएपछि गत मङ्सिर २८ गतेदेखि ताप्लेजुङमा उडान अबरुद्ध भएको थियो […]