काठमाडौँ, चैत ३१ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]
काठमाडौं, चैत ३१ गते । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति निधन भएको उहाँका छोरा दीप शम्शेर राणाले जानकारी दिनुभयो । राणाको पशुपति आर्यघाटमा आजै ११ बजे अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उहाँ २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बन्नुभएको थियो ।
काठमाडाैँ, चैत ३० गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गर्नुभएको भन्ने भनाइको खण्डन गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताउनुभएको भनेको […]
काठमाडौँ, चैत ३१ गते । प्री मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिनेक्रम बढेको छ । चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ । पछिल्लो तीन दिनभित्र २८ जना घाइते भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार यस वर्ष वैशाखदेखि चैत २८ गतेसम्ममा ७८ जनाको […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गरेमा सफलता प्राप्त हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो दूरीको यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने संकेत छ । वृष ( इ, उ, […]
हुम्ला, चैत २९ गते । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई लागुऔषधमुक्त गाउँपालिका घोषणा गरिएको छ । लागुऔषध प्रयोग गर्नेहरू फेला नपरेको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्नका लागि बुधबार लागुऔषधमुक्त गाउँपालिका घोषणा गरिएको हो । नाम्खा गाउँपालिकालाई लागुऔषधमुक्त घोषणा गर्नका लागि गत पुस ३ गते जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा छ महिनाभित्र लागुऔषधमुक्त घोषणा […]
मुक्तिनाथ (मुस्ताङ), चैत २९ गते । उपल्लो मुस्ताङका व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकाबाट घरायसी प्रयोजनका लागि मात्र नभई व्यावसायिक रूपमा सहज हुने गरी सामान ढुवानीको वातावरण बनाउन आग्रह गरेका छन् । लत्ताकपडा, खाद्यवस्तु, घरायसी सामग्रीलगायतका वस्तुको आयात गरिए पनि व्यावसायिक रूपमा ल्याउन देखिएको समस्या समाधानका लागि स्थानीय तहलाई माग गरेपछि ल्होमन्थाङ गाउँपालिकाको आयोजनामा […]
सुर्खेत, चैत २९ गते । पछिल्लो समय वीरेन्द्रनगरमा सुरक्षा चुनौती बढ्दो क्रममा छ । सङ्घीयता कार्यान्वयनसँगै प्रदेश राजधानी वीरेन्द्रनगरको जनघनत्व दिनानुदिन बढ्दो छ । सोही अनुपातमा सवारीसाधनको चाप पनि बढ्दै गएको छ । बढ्दो सवारी चाप र सहरीकरणका कारण दुर्घटना, चोरी, लुटपाट र विभिन्न अपराधका घटनाको चुनौती बढेको प्रहरीको तथ्याङ्क छ । सुरक्षा चुनौतीलाई ध्यान दिँदै अनुसन्धानमा सहयोगी मानिएको […]
अछाम, चैत २९ गते । जयगढ बजारमा आगजनीबाट पीडितलाई विभिन्न निकाय र व्यक्तिबाट सहयोग जुट्न थालेको छ । अग्निपीडितलाई प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल र व्यक्तिगत रूपमा समेत सहयोग जुट्न थालेको छ । जयगढ बजारमा भएको आगलागीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रकम दिने भएको छ । यस्तै स्थानीय बान्नीगढी जयगढ गाउँपालिकाले तत्काल राहतका लागि छ लाख […]
खोटाङ, चैत २९ गते । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते हुनुभएको हो । छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको […]