काठमाडौँ, चैत ३१ गते । प्री मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिनेक्रम बढेको छ । चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ । पछिल्लो तीन दिनभित्र २८ जना घाइते भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार यस वर्ष वैशाखदेखि चैत २८ गतेसम्ममा ७८ जनाको […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गरेमा सफलता प्राप्त हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो दूरीको यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने संकेत छ । वृष ( इ, उ, […]
हुम्ला, चैत २९ गते । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई लागुऔषधमुक्त गाउँपालिका घोषणा गरिएको छ । लागुऔषध प्रयोग गर्नेहरू फेला नपरेको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्नका लागि बुधबार लागुऔषधमुक्त गाउँपालिका घोषणा गरिएको हो । नाम्खा गाउँपालिकालाई लागुऔषधमुक्त घोषणा गर्नका लागि गत पुस ३ गते जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा छ महिनाभित्र लागुऔषधमुक्त घोषणा […]
मुक्तिनाथ (मुस्ताङ), चैत २९ गते । उपल्लो मुस्ताङका व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकाबाट घरायसी प्रयोजनका लागि मात्र नभई व्यावसायिक रूपमा सहज हुने गरी सामान ढुवानीको वातावरण बनाउन आग्रह गरेका छन् । लत्ताकपडा, खाद्यवस्तु, घरायसी सामग्रीलगायतका वस्तुको आयात गरिए पनि व्यावसायिक रूपमा ल्याउन देखिएको समस्या समाधानका लागि स्थानीय तहलाई माग गरेपछि ल्होमन्थाङ गाउँपालिकाको आयोजनामा […]
सुर्खेत, चैत २९ गते । पछिल्लो समय वीरेन्द्रनगरमा सुरक्षा चुनौती बढ्दो क्रममा छ । सङ्घीयता कार्यान्वयनसँगै प्रदेश राजधानी वीरेन्द्रनगरको जनघनत्व दिनानुदिन बढ्दो छ । सोही अनुपातमा सवारीसाधनको चाप पनि बढ्दै गएको छ । बढ्दो सवारी चाप र सहरीकरणका कारण दुर्घटना, चोरी, लुटपाट र विभिन्न अपराधका घटनाको चुनौती बढेको प्रहरीको तथ्याङ्क छ । सुरक्षा चुनौतीलाई ध्यान दिँदै अनुसन्धानमा सहयोगी मानिएको […]
अछाम, चैत २९ गते । जयगढ बजारमा आगजनीबाट पीडितलाई विभिन्न निकाय र व्यक्तिबाट सहयोग जुट्न थालेको छ । अग्निपीडितलाई प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल र व्यक्तिगत रूपमा समेत सहयोग जुट्न थालेको छ । जयगढ बजारमा भएको आगलागीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रकम दिने भएको छ । यस्तै स्थानीय बान्नीगढी जयगढ गाउँपालिकाले तत्काल राहतका लागि छ लाख […]
खोटाङ, चैत २९ गते । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते हुनुभएको हो । छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको […]
काठमाडौँ, चैत २९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझपख केही समस्या देखिन सक्छ, सावधान रहनुहोला । लाभ हुने काम सुरु गर्न अनुकूल समय छ । गरेका कामको राम्रो मूल्यांकन हुनेछ । साझेदारीबाट पनि फाइदा मिल्ने सम्भावना छ । उपहारका नाममा बिग्रिएको वस्तु हात पार्न सकिन्छ । […]
जाजरकोट, चैत्र २८ गते – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले जाजरकोटको पूर्वाधार तथा सेवासम्बन्धी आयोजनाहरूको अनुगमन गर्नुभएको छ। २०८१ साल चैत्र २५ गते आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ को दफा ६ अनुसार जिल्ला स्तरीय आयोजना प्रस्ताव छनौट सिफारिस समितिको बैठक सम्पन्न भएको छ। बैठकमा माननीय बेदराज […]